१६ चैत्र २०८० शुक्रबार
शिक्षा

देवी माविको ५३ औं वार्षिकोत्सवमा विद्यार्थीहरु पुरस्कृत

भक्तपुरको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिइरहेको देवी माध्यमिक विद्यालयको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ। सो अवसरमा विद्यालयले विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजाराम छुकांले विद्यालयले क्रमशः शैक्षिक गुणस्तरमा फड्को मारिरहेको चर्चा गर्दै विद्यालयले विद्यार्थीमैत्री वातावरण बनाएर पठनपाठन कार्य अघि बढाइरहेको बताए। उनले विद्यालयका शिक्षकहरुले आफ्नो पेशागत इमान्दारिता निभाइरहेको उल्लेख गर्दै शैक्षिक क्षेत्रको विकासका लागि सबै पक्षलाई समेटेर विद्यालय अघि बढिरहेको चर्चा गरे।

कार्यक्रममा विव्यस सदस्य एकबहादृुर खत्रीले विद्यालयको पाँच दशक निक्कै सफल भएको चर्चा गर्दै ताथलीको पहिचान विकास गर्नमा विद्यालयले पुर्याएको योगदान उल्लेखनीय रहेको बताए।  

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराम बासुकलाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा विव्यस सदस्य नारायणभक्त थुयाजु तथा विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्रकुमार साखकर्मीले विद्यालयको इतिहासबारे चर्चा गर्दै विद्यालयको आगामी योजनाबारेमा चर्चा गरेका थिए।

सो अवसरमा विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए। विद्यालय वि.सं.२०२५ मंसिर १९ गते स्थापना भएको हो। हाल विद्यालयमा ६ सय बढी विद्यार्थी अध्ययन गरिरहेका छन्।  

विद्यालयको ५३ औं वार्षिकोत्सवमा शैक्षिक वर्ष २०७५, २०७६ र २०७७ को कक्षागत रुपमा प्रथम, द्धितीय, तृतीय भएका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ।

प्रकाशित: १९ मंसिर २०७८ १५:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App