७ वैशाख २०८१ शुक्रबार
शिक्षा

विद्यार्थीलाई स्वयम्सेवक तालिम दिँदै नेपाली सेना

नेपाली सेनाअन्तरगत राष्ट्रिय सेवा दलले जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीलाई स्वयम्सेवक तालिम दिन सुरु गरेको छ।

सिद्धस्थली इंग्लिस बोर्डिङ स्कुलमा एक कार्यक्रम गरी तालिमको सुरुवात भएको हो। तालिममा नेपाली सेनाको बर्दबहादुर गणका सेनानी विकास आचार्यले तालिमले विद्यार्थीहरुलाई अनुशासित बनाउन सहयोग गर्ने बताए। राष्ट्रिय सेवा दलको तालिम पश्चात विद्यार्थीहरुमा देशप्रति बफादार बनाउन सहयोग पुग्ने भावनाको विकास हुने बताए।

तालिमले व्यक्तिगत रुपमा नेतृत्व क्षमताको विकास हुने उल्लेख गर्दै उनले तालिममा अनुशासन र राष्ट्रियता समेत सिक्ने अवसर हुने उनले बताए। ‘यो तालिमबाट देशलाई समेत विपद् परेको बेला स्वयम्सेवकको रुपमा परिचालन गर्ने दस्ता तयार हुन्छ’, उनले भने, ‘अभिभावकले अनुशासित छोराछोरी देख्न पाउँछन्।’

एक सय दिनको तालिम हाल कोभिडका कारण ५० दिनमा झारिएको नेपाली सेनाले जनाएको छ। राष्ट्रिय सेवा दलको मध्यपूर्वी शिक्षालयद्वारा आयोजित उक्त तालिममा एक विद्यालयका ३६ जना सहभागी हुने तालिम आयोजकले जनाएको छ। तालिममा संस्थागत तालिम ३५ दिन र सामूहिक क्याम्प १५ दिनको हुने सेनानी आचार्यले बताए।

युवाअवस्थामै देशप्रति अनुशासित र बफादार बनाउने उद्देश्यसहित तालिममा विद्यार्थीलाई सहभागी गराइएको विद्यालयका सहायक प्रिन्सिपल जीवन लामाले बताए।

प्रकाशित: १९ मंसिर २०७८ ०९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App