८ वैशाख २०८१ शनिबार
शिक्षा

भारतको सहयोगमा निर्मित दुई विद्यालय भवन उद्घाटन

भारत सरकारको सहयोगमा निर्मित दुई विद्यालय भवन उद्घाटन गरिएको छ। दार्चुलाको खलंगा तिंकरस्थित मोती महिला संघ प्राथमिक विद्यालय र महाकाली ७ धापस्थित मालिकार्जुन माविको नयाँ भवनको उद्घाटन गरिएको हो।

ती दुवै विद्यालयको भवनको उद्घाटन भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी. खम्पाले गरेकी थिइन्। नयाँँ विद्यालयको भवनमध्ये प्राथमिक विद्यालयको भवन १ करोड २७ लाख र माध्यमिक विद्यालयको भवन २ करोड ३३ लाखमा निर्माण भएको थियो।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अनुसार परियोजना अन्तर्गत ती भवनहरु बनेको भारतीय राजदूतावासले जनाएको छ।

प्रकाशित: १३ मंसिर २०७८ ०९:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App