८ वैशाख २०८१ शनिबार
शिक्षा

७ लाख ८२ हजार हिनामिना गरेको आरोपमा प्रअ र लेखापालविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयमा गएको रकम हिनामिना गरेको आरोपमा प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर गरेको छ।

कपिलवस्तुको यशोधरा गाउँपालिका ५, बैदौलीस्थित अनिरुद्र पब्लिक माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक देवेन्द्रमणी त्रिपाठी र लेखापाल एवं कार्यालय सहायक असर्फि यादवविरुद्ध मुद्दा दायर गरेको हो।

आयोगले विज्ञान प्रयोगशालाको लागि विद्यालयमा प्राप्त रकमबाट कुनै काम नगरी फर्जी बिल बनाई हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान गरेको जनाउँदै सो घटनामा संलग्न तत्कालीन प्रधानाध्यापक त्रिपाठी र लेखापाल एवं कार्यालय सहायक यादवविरुद्ध आरोपपत्र दायर गरेको जनाएको छ।

उनीहरुले खर्चको आवश्यकता तथा कानूनी प्रावधानलाई नजरअन्दाज गरी विद्यालय कोषबाट रकम निकाली विद्यालय निर्माणमा खर्च नगरी ७ लाख ८२ हजार ६५१ रुपैयाँ हिनामिना खुलेको अख्तियारले उल्लेख गरेको छ।

उनीहरुको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको देखिन आएकोले उक्त कसुरमा संलग्न प्रधानाध्यापक त्रिपाठी र तत्कालीन लेखापाल यादवविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

प्रकाशित: १३ मंसिर २०७८ ०८:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App