८ वैशाख २०८१ शनिबार
शिक्षा

बोर्डिङ सरहको शिक्षा दिने अभियानमा बाल्मिकी

भक्तपुरको बाल्मिकी आधारभूत विद्यालयले बोर्डिङ सरहको शिक्षा दिने अभियान सुरुवात गरेको छ।

चाँगुनारायण नगरपालिका वडा नं. ७ बागीश्वरीस्थित सो विद्यालयले अभिभावकको भावनालाई बुझेर समय सुहाउँदो शिक्षा दिने अभियान सुरु गरेको जनाएको छ।

विक्रम संवत् २०३० सालमा स्थापना भएको सो विद्यालयमा पछिल्लो समयम विद्यार्थीको आर्कषण घट्दै गएपछि विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र स्थानीय मिलेर निजी विद्यालयले जस्तै शिक्षा दिने योजना अघि सारेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुकाजी श्रेष्ठले बताए।

‘अभिभावकको माग नै अँग्रेजी माध्यम छ, त्यही मागलाई हामी सम्बोधन गरिरहेका छौं र कुनै बोर्डिङ स्कुलले दिने शिक्षा भन्दा हामी कम गर्दैनौं।’ विव्यस अध्यक्ष श्रेष्ठले भने। उनले विद्यालयको ४८ औं वार्षिकोत्सवको अवसरमा विद्यालयले गुणस्तरीय शिक्षाको लागि पहल गरिरहेको बताए।

बुधबार सम्पन्न वार्षिकोत्सवको अवसरमा उनले विद्यालयलाई अघि बढाउनका लागि विद्यालयमा अँग्रेजी माध्यम लागू गरिएको, निजी स्रोतबाट शिक्षक बन्दोबस्त गरिनुका साथै विभिन्न अतिरिक्त क्रियाकलापहरुलाई समेत सँगै लगेको जानकारी दिए।

‘हामी पनि सहर बजारका निजी विद्यालयले दिने शिक्षा दिन सक्षम छौं, त्यसका लागि हामीले योजना बनाएका छौं’, उनले  भने। उनले पछिल्लो समयमा स्थानीय अभिभावकले विद्यालयले दिँदै आएको शिक्षाप्रति विश्वास लिँदै गएको समेत बताए।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हेमन्त सिटौलाले विद्यालय सुधारका योजनाहरुसहित विद्यालयको इतिहासबारे जानकारी दिए।

वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए। सोही अवसरमा कक्षागत रुपमा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने छात्रवृत्ति समेत वितरण गरिएको थियो।

प्रकाशित: १ मंसिर २०७८ ११:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App