७ वैशाख २०८१ शुक्रबार
शिक्षा

शिक्षकको गुनासोः दशैं आयो, तलब आएन

फाइल तस्बिर

यतिबेला दशैंको रौनकले सर्वसाधरणदेखि उच्च पदस्थ अधिकांशलाई छोपिसकेको छ।सुरक्षाकर्मीबाहेक निजामति कर्मचारी झोला कसेर दशैं मनाउन घर जान तम्तयार भइसकेको सुनाउँछन्। बिहीबार घटनास्थापनासँगै हिन्दू धर्मावलम्बीको  दशैं सुरु हुँदैछ। जिल्लाको ८ वटा पालिकामध्य ६ वटा पालिकामा शिक्षकको खातामा तलब  गईसक्यो। चौमासिक तलब बुझ्ने शिक्षकले भने अझै तलब पाएका छैनन्। हिसाब गर्दा दुई पालिका दशंै पेश्कीसहित जोड्ने हो भने शिक्षकले ६ महिनाको तलब पाउँन बाँकी छ।

बिडम्बना जिल्लास्थित बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिका शिक्षक तलब नपाएको रोष सामाजिक संजालमार्फत् व्यक्त गर्न बाध्य छन्। ‘दशैं आयो, तलब आएन’जस्ता अभिव्यक्ति दुई पालिकाका शिक्षकले सामाजिक संजालमा गरेको पोष्टले दुई पालिका प्रमुखको लापरबाही भएको पुष्टि हुन्छ।

बाँसगढी नगरपालिकाका नगर प्रमुख शालिकराम अधिकारी र बढैयाताल गाँउपालिका प्रमुख लालबहादुर श्रेष्ठको  लापरबाहीले शिक्षक कर्मचारीलाई समयमा तलब भुक्तानी दिन नसकिएको कर्मचारीको गुनासो छ। बाँसगढी नगरपालिकामा कार्यालय प्रमुख टोपेन्द्र केसीको कोहलपुर सरुवा भएपछि निमित्तमा बाँसगढी नगरपालिका चलिरहेको छ। नगर प्रमुख पहुँच वाला भएपनि कार्यालय प्रमुख आफू अनुकुल चल्ने ल्याउन ढिलाई गरिरहेको समेत नगर प्रमुख अधिकारीले  आरोप खेप्न परेको छ।

काम चलाउका रुपमा नगर प्रमुख अधिकारीले कार्यालय प्रमुखको जिम्मा दिँदा यस्ता किसिमका भुक्तानी हुन नसकेको हो। दशैंमा तलब पठाउन गृहकार्य भइरहेको बाँसगढी नगरपालिका शिक्षा शाखा प्रमुख छत्रबहादुर शाहीले बताए। ‘शिक्षकको दशै बिग्रिँदैन’ उनले भने, ‘नगर प्रमुखलाई जानकारी छ, आइतबारसम्म शिक्षकको तलब जान्छ होला।’ उता, बढैयाताल गाउँपालिकाको शिक्षकले तलब नपाउँदा निराश भएका छन्। ‘हामी त साना कर्मचारी पालिका प्रमुखको बिषयमा बोल्ने हो भने दुःख दिनुहुन्छ’ नाम नखोल्ने शर्तमा उनले भने, ‘हाम्रो दशैं नै बिग्रेला जस्तो छ।’ उता, नगर सभापछि बढैयाताल गाउँपालिको वडामा विनियोजन गरेको बजेटमा लापरबाही देखिएको स्रोतको दाबी छ। ‘वितरणमुखी बजेट बनाउनका लागि पालिका प्रमुख श्रेष्ठले रोकेका छन्’ स्रोतले दाबी गर्दे भन्छ, ‘बढैयामा शिक्षकले मात्र होइन, साना दर्जाका कर्मचारीको तलब रोकिएको कुरा बाहिरिएको छ।’ तलब पठाउन अन्तिम चरणको काम भइरहेको शिक्षा शाखा प्रमुख बिष्णु खनालले बताए। बुधबार नै खाता हाल्दिने योजना भएको उनले बताए। तर, बढैयातालका शिक्षकको बुधबार अफिस समयसम्म तलब हालिएको छैन।  

कर्मचारीको तलब भत्तालगायत शिक्षकको तलब एक साताअघि खातामा पठाइसकेको प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए। ‘शिक्षक कर्मचारीले चौमासिक तलब बुझ्नुहुन्छ’ राजापुरका कार्यकारी न्यौपानेले भने, ‘शिक्षक कर्मचारीलाई प्राथामिकतामा राखेर तलब पठाएका छौं, नगरपालिकामा कार्यरत सम्पूर्ण पाउनुपर्ने तलब र भत्ता पनि हाल्दिसकेका छौँ।’ यस्तै चौमासिकमा तलब बुझ्ने भएकाले शिक्षक कर्मचारी हकमा सबैभन्दा पहिला तलब पठाएको गुलरिया नगरपालिका शिक्षा शाखा प्रमुख शतिश यादवले बताए। 

प्रकाशित: २० आश्विन २०७८ १०:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App