१६ चैत्र २०८० शुक्रबार
शिक्षा

डिप्लोमा इन सिभिल इञ्जिनियरिङको पहिलो सेमेष्टरको नतिजामा सिनाम अब्बल

ताप्लेजुङको सिरिजंगा गाउँपालिका स्थित सिनाम बहुमुखी क्याम्पस/सिनाम नमूना माध्यमिक विद्यालयको डिप्लोमा इन सिभिल इञ्जिनियरिङको पहिलो सेमेष्टरको नतिजा औसत राष्ट्रिय दरभन्दा करिव ६० प्रतिशत ल्याएको छ । देशको औसत उतिर्ण दर २४ प्रतिशत रहेकोमा सिनाम बहुमुखी क्याम्पसको नतिजा भने ८४.६२ प्रतिशत रहेको क्याम्पस प्रमुख महेन्द्रप्रकाश गौतमले जानकारी दिए । 

नेपाल शिक्षक महासंघ ताप्लेजुङका अध्यक्ष समेत रहेका उनी क्याम्पस प्रमुख र सिनाम नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत हुन् । उनका अनुसार १६ जना विद्यार्थीले सिभिल ईन्जिनियरिङको प्रथम सेमेष्टरको परीक्षा लेखेकोमा १४ जनाले राम्रो नतिजा ल्याएका छन् । गौतमले अबको लक्ष्य शत प्रतिशत नतिजा ल्याउनु रहेको बताए । सिनाम बहुमुखी क्याम्पस/सिनाम नमूना माध्यमिक विद्यालयमा जिल्लामै पहिलोपटक सिभिल ईन्जिनियरिङको ३ वर्षे कोर्ष र आईएसीएजीमा ३ वर्षे कोर्ष सञ्चालनमा रहेको छ ।  त्यहाँ १८ महिने जेटिएको पनि पठाइ भइरहेको छ । 

सो क्याम्पसका विज्ञान, व्यवस्थापन र शिक्षा संकायमा अध्यापन हुने गर्छ । क्याम्पस तथा विद्यालयका सबै तहमा गरी २ हजार बढी विद्यार्थीले अध्ययन गरिरहेको गौतमले जानकारी दिए ।

प्रकाशित: ३ असार २०७८ ०४:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App