coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

निजी स्रोतका शिक्षक आन्दोलित

बैतडीको सिगास गाउँपालिका शिक्षक तलब नपाएको भन्दै आन्दोलित भएका छन्। गाउँपालिकाले नियुक्त गरेका विभिन्न विद्यालयमा कार्यरत स्वयंसेवक शिक्षक तलब नपाएको भन्दै आन्दोलित भएका हुन्। गत साउनदेखि अहिलेसम्म आफूहरुले तलब नपाएकाले आन्दोलनमा उत्रिन बाध्य भएको स्वंयसेवक शिक्षक संघर्ष समितिका संयोजक लक्ष्मी शाह चन्दले बताइन्।

तलब भुक्तानीका लागि पटकपटक आग्रह गर्दा समेत बेवास्ता गरेको संघर्ष समितिले जनाएको छ। तलब नपाएपछि संघर्ष समिति गठन गरेर संघर्षका कार्यक्रम घोषणा गरेका छन्। तलब निकासा नगरे चैत २९ गतेदेखि विद्यालय नजाने, वार्षिक परीक्षा सञ्चालन हुन नदिने लगायतका आन्दोलनका कार्यक्रम अघि सारेको संघर्ष समिति संयोजक चन्दले बताइन्।

यस्तै गाउँपालिकाले स्वयंसेवक शिक्षकहरुसँग कुनै सल्लाह नै नगरी कार्यविधि परिवर्तन गरेकाले सो कार्यविधि सच्याउन पनि शिक्षकहरुले माग गरेका छन्। कार्यविधि सच्याएर आफूहरुलाई पूर्ववत रुपमै स्वयंसेवक शिक्षकको रुपमा राख्न समेत उनीहरुले आग्रह गरेका छन्। सिगास गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयमा १ सय ९१ जना निजी स्रोतका शिक्षकहरु कार्यरत छन्।

प्रकाशित: २८ चैत्र २०७७ ०६:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App