४ वैशाख २०८१ मंगलबार
शिक्षा

निजगढमा शैक्षिक संस्थाहरु बन्द नहुने

वायु प्रदूषणको कारणले संघीय सरकारले देश भरिकै शैक्षिक संस्थाहरु चार दिनको लागि बन्द गर्ने निर्णय गरे पनि निजगढ नगरपालिकाले स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय सञ्चालन गरिने जनाएको छ।  

निजगढ नगरपालिका प्रमुख सुरेश कुमार खनालको अध्यक्षतामा बुधबार बसेको बैठकले स्वास्थ्य सुरक्षा अपनाएर विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको हो।

शैक्षिक संस्थाहरुलाई बन्द गरिदा विधार्थीहरुको पठनपाठनमा अवरोध हुने भएकोले स्वास्थ्य सुरक्षा अपनाएर विद्यालयहरुलाई सञ्चालन गरिने निर्णय भएको नगर प्रमुख सुरेश कुमार खनालले बताएका छन्।

कोरोना शुरु भए पछि धेरै समय शैक्षिक संस्थाहरु बन्द गरिदा विद्यार्थीहरुको  पढाइमा नराम्रो असर परेको खनालले बताए।

काठमाडौंमा जस्तो वायु प्रदूषण यस क्षेत्रमा नदेखिएकोले विद्यालयलाई सवधानी पुर्ण सञ्चालन गर्न सकिने भन्दै बैठकमा विद्यालयका प्रधानाध्यापकहरुबाट सुझाव आएकोले पठनपाठनलाई निरन्तरता दिने कार्यको निर्णय गरिएको खनालले बताए।

 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चैत १६ प्रेस विज्ञप्ति जारी गर्दै वायु मण्डलमा देखा परेको अस्वभाविक वातावरणीय परिस्थितिका कारण चैत १७ गते मंगलबार देखि चैत २० शुक्रबार सम्म बन्द हुने सूचना जारी गरेको थियो।

त्यसै गरि कलैया उपमहानगरपालिकाले पनि  विद्यालय गर्नु पर्ने अवस्था नरहेको भन्दै कलैयाको  शैक्षिक संस्थाहरु नियमित रुपमा संचालन गर्ने निर्णय गरेको छ।

प्रकाशित: १८ चैत्र २०७७ ०६:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App