७ वैशाख २०८१ शुक्रबार
शिक्षा

तनहुँको भिमाद नगरपालिकाले विद्यालय बन्द नगर्ने

शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ। तर गण्डकी प्रदेशको तनहुँको भिमाद नगरपालिकाले भने शैक्षिक संस्थाहरु बन्द नगर्ने निर्णय गरेको छ। मन्त्रालयद्वारा विद्यालय बन्द गर्न सूचना जारी गरेपनि आफ्नो क्षेत्रभित्र हालसम्म वातावरणीय असहज अवस्था नआएको भन्दै विद्यालय बन्द नगर्ने निर्णय गरेको हो। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आज एक सूचना जारी गर्दै विद्यालयमा नियमित रुपमा पठनपाठन हुने जनाएको छ।  

मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पुर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ। बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिएका छन्। 

 

प्रकाशित: १६ चैत्र २०७७ १२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App