८ वैशाख २०८१ शनिबार
शिक्षा

नेपाली विद्यार्थीका लागि 'क्युब्स इन स्पेस नासो २०२१' आयोजना हुने

विद्यालय स्तरका विद्यार्थीहरुको विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणित (स्टिम )विषयमा विश्वस्तरमा पहुँच पुर्‍याउने उद्देश्यसाथ नेपाल एष्ट्रोनोमीकल सोसाइटीले नेपाली विद्यार्थीको लागि क्युब्स इन स्पेस नासो २०२१ अयोजना गर्ने तय गरेको छ।  

विद्यालय तहका बालाबलिकामा स्टिम शिक्षा प्रवर्धन गर्ने लक्ष्यसहित एष्ट्रोनोमिकल सोसाइटीले अमेरिकामा रहेको संस्था आइडोडिली इडियु ईकसँग सहकार्य गरेको छ।  

सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार यो कार्यक्रम विश्वका ७३ देशका २१ हजारभन्दा बढी विद्यार्थीले सहभागिता जनाइसकेको यो कार्यक्रम नेपालमा पहिलो पटक एप्रिल १० तारेखदेखि मे १५ तारेखसम्म आयोजना हुने तय गरिएको छ। ‘पाँच हप्ते विषेश कार्यशालामा ११ देखि १८ वर्ष उमेर समूहका विद्यालयतहमा अध्ययनरत वा विद्यालयतहको पढाइ सकेका तर विश्वविद्यालयतहमा भर्ना नभएका विद्यार्थीले सहभागिता जनाउन सक्ने छन्,’ अध्यक्ष भट्टराईले भने ‘देशभरीका विद्यार्थीहरुको पहुँच पुर्‍याउने हेतुले कार्यक्रमको चार हप्ता विद्यार्थीले घरबाटै सहभागी हुन सक्नेछन् भने पाचौं हप्ता काठमाडौं आउनुपर्ने छ।’ उनले थपे ‘क्युब्स इन स्पेस मा सहभागिताको लागि तयारी स्वरुप नेपालमा संचालन गरिने यस कार्यशालामा यो वर्ष जम्मा ५० विद्यार्थी भर्ना गरिनेछ। जहाँ सहभागीहरूलाई अन्तरिक्ष विज्ञान संबन्धि विभिन्न ज्ञान दिँदै विभिन्न अन्तरिक्ष वातावरण तथा पक्षहरूको बारेमा सिकाउनुका साथै विद्यार्थीहरुलाई प्रयोगहरु डिजाईन गर्न लगाइनेछ।’

क्युब्स इन स्पेस एउटा ग्लोबल इन्जिनियरिङ्ग डिजाईन कम्पिटिसन हो, जसमा विद्यार्थीहरूले आफ्ना प्रयोगहरु नासा साउन्डिङ्ग रकेट तथा जेरो प्रेसर साईन्टिफिक बेलुन मार्फत् स्पेस वा नियर स्पेस ईन्भाईरोमेन्टमा पठाउन सक्नेछन्। यसको लागि विद्यार्थीहरूले आफ्नो योजना बनाउने, मूल्याङ्कनमा पठाउने र छनौट भए भर्जिनियास्थित 'क्युब्स इन स्पेस' को अफिस पठाउनुपर्ने हुन्छ। यो कार्यक्रमबाट यस वर्ष दुईवटा क्युब्स अमेरिका पठाइने अध्यक्ष भट्टराईले बताए। उनले हालसम्म यस कार्यक्रममा सहभागिता जनाउनको लागि २० जना विद्यार्थीको नाम दर्ता भइसकेको जनाए। 

प्रकाशित: ८ चैत्र २०७७ १५:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App