१६ चैत्र २०८० शुक्रबार
शिक्षा

विद्यार्थीले विद्यालयमा सुरु गरे भित्ते पत्रिका

भित्ते पत्रिका प्रकाशनको तयारी गर्दै सरस्वती माबि अर्खौलेका विद्यार्थी । तस्बिर सौजन्य : नविन चाम्लिङ

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सरस्वती माविका छात्र/छात्राले भित्ते पत्रिका प्रकाशन सुरु गरेका छन् । विद्यालयका छात्र/छात्रालाई सुसूचित गराउँदै सिर्जनशिल बनाउने लक्ष्यका साथ सयपत्री (रिड नेपाल) क्लव, सगरमाथा टिन्स क्लव र स्मृति बाल क्लवको संयुक्त पहलमा ‘सुर्योद्धय’ नामक भित्ते पत्रिका प्रकाशन सुरु गरिएको हो । छात्र/छात्राले ड्रईङ पेपरमा हातैले लेखेर बुधबारदेखि समाचार र साहित्यमूलक मासिक भित्ते पत्रिका प्रकाशनमा ल्याएका हुन् ।  

विद्यालयमा अध्ययनरत विद्यार्थीले सिर्जना गरेका कविता, गजल, चुटकिला, मुक्तक, सामान्य ज्ञान, समाचार लगायत प्रकाशन गर्नेगरी हस्त लिखित भित्ते पत्रिका प्रकाशनमा ल्याइएको हो । पूर्वपत्रकार रहेका शिक्षक नविन चाम्लिङको सहजीकरणमा छात्र/छात्राले भित्ते पत्रिका प्रकाशन सुरु गरेका हुन् । रुपाकोट रेडियोको सम्वाददाताकारुपमा कार्यरत रहेको बेला शिक्षक चाम्लिङले भित्ते पत्रिका प्रकाशन सम्वन्धी सिकेको सीप विद्यार्थीलाई हस्तान्तरण गरेको बताए ।  

भित्ते पत्रिकाको प्रधान सम्पादकमा पवित्रा रम्तेल तथा सम्पादकमा युवराज राई र भूमीका पुरी छन् । यस्तै, प्रअ डिकबिर राई संरक्षक तथा शिक्षक चाम्लिङ, चिरञ्जिबी खत्री र सन्देश राई सल्लाहकार छन् । ‘त्यो बेला भित्ते पत्रिका प्रकाशन गर्न सिकेको सीप मेरो पेशागत जीवनमा समेत उपयोगी बनेको छ । ताकी जुन सीप कलिला भाईबहिनीलाई हस्तान्तरण गर्ने अवसर मिलेको छ,’ शिक्षक चाम्लिङले भने, ‘आशा छ, यो भित्ते पत्रिकाले यस विद्यालयमा अध्ययनरत तमाम बालबालिकाको प्रतिभा उजागर गर्नमा टेवा दिनेछ ।’

प्रकाशित: ६ चैत्र २०७७ ०५:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App