coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

एसइई जेठमा, परीक्षा बोर्डले नै लिने

०७७ सालको कक्षा दशको अन्तिम परीक्षा (एसइई) जेठ १३ गतेदेखि हुने तय भएको छ । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष चन्द्रमणि पौडेलकोअध्यक्षतामा मंगलबार बसेको बोर्ड बैठकले एसइई परीक्षा जेठ १३ देखि असार २४ गतेसम्म सञ्चालन गरिने तय गरेको कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले जनाए ।  

उनले गत देश कोरोना महामारीको चपेटामा परेकोले एसइई विद्यालयले संचालन गरेको भए पनि यस वर्षको परीक्षा विगत झै बोर्डलेनै संचालन गर्ने समेत जनाए । बोर्डलाई प्राप्त भएको रजिष्ट्रेनको तथ्याँक अनुसार यस वर्ष करिब पाँच लाख विद्यार्थीले एसइई परीक्षामा सहभागिता जनाउन फारम भरेका छन् । पाँच लाख विद्यार्थीकोलागि प्रश्नपत्र तयारी, छपाई, ढुवानी, उत्तरपुस्तिका परीक्षण, संपरीक्षण, नतिजा प्रकासन तथा प्रमाणपत्र वितरणको काम बोर्डकै अधिकारमा निहित रहेको उनले जनाए ।  

‘प्रदेशले परीक्षा सञ्चालन र व्यवस्थापनको काम गर्ने जिम्मेवारी पाएको छ,’ नियन्त्रक खकुरेलले नागरिकसँग भने, ‘विद्यालय शिक्षा स्थानीय सरकारको अधिकारमा गएको छ । प्रदेशले उत्तरपुस्तिका छपाइ, परीक्षा सञ्चालन खर्च र सुरक्षा व्यवस्थापनको काम गर्ने अधिकार पाएको छ,’ उनले थपे, ‘बोर्डले विगतमा तोकिएको १९९५ केन्द्र भन्दा बढी नतोक्न र यहीभित्र रहेको केन्द्र तोक्नुपर्ने निर्देशन दिइसकेको छ ।’ यदि कुनै जिल्ला परीक्षा समन्वय समितिले केन्द्र बढाउन चाहेमा त्यसको यर्थाथ पुष्टि हुने विवरण पेश गर्नु पर्छ ।’

यसैगरी, ०७७ सालको कक्षा १२ को परीक्षा पनि जेठमै तोकिएको छ । कक्षा १२को परीक्षा जेठ २६देखि असार चार गतेसम्म चल्ने छ । कोरोना महामारीका कारण विद्यालय तहको कोर्षहरू पूरा हुन नसकेकाले एसइई परीक्षा दुइ महिना पछि धकेलिएको उनको भनाइ छ । यसैगरी नयाँ शैक्षिक सत्र पनि असार १ गतेदेखि सुरु हुने तय भएको छ ।

प्रकाशित: २६ फाल्गुन २०७७ ०१:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App