coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

विद्यालयमा दलीय गतिविधिको विरोध

विवेकशील साझा पार्टीले जिल्लाका विद्यालयहरूमा भइरहेको दलीय राजनीतिक गतिविधि रोक्न माग गरेको छ। विभिन्न राजनीतिक दलका संगठन तथा भ्रातृ संगठनका नेता–कार्यकर्ताले कक्षाकोठामै प्रवेश गरी भ्रातृ संगठन गठन गर्ने, भाषण गर्नेजस्ता गतिविधि गरिरहेको भन्दै साझा पार्टीले विज्ञप्तिमार्फत् विरोध जनाएको हो।  

कक्षाकोठाको सिकाइ बोर्डमा राजनीतिक दलको चुनाव चिह्न र झन्डा राखी राष्ट्रिय शिक्षा नीति–२०७६ र बालबालिका विकाससम्बन्धी ऐन–२०७५ विपरीत गतिविधि भइरहेको पार्टीका जिल्ला संयोजक प्रेमप्रसाद आचार्यले जनाए। ‘शान्ति क्षेत्र घोषित विद्यालयमा भइरहेको चरम राजनीतिक क्रियाकलाप रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदैछौं,’ उनले भने, ‘बालबालिकाको मनोविज्ञानमा असर पर्नेगरी कानूनविपरीत भइरहेका यस्ता गतिविधि हुन नदिन सबैले पहल गर्नुपर्छ।’  

बालबालिकाले शान्त वातावरणमा बिनाअवरोध पठनपाठन गर्न पाउनुपर्ने नैसर्गिक अधिकार संरक्षण गर्न पार्टीले माग गरेको छ।

प्रकाशित: १४ फाल्गुन २०७७ ०८:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App