coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

हिमपातबाट बन्द भएका विद्यालय सञ्चालनमा

हिमपातका कारण बन्द ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ ओलाङ्चुङ गोलास्थित महेन्द्र आधारभूत विद्यालयको पठनपाठन सुरु भएको छ। समुद्र सतहदेखि तीन हजार २ सय मिटर उचाइमा ओलाङचुङगोला रहेको छ।  

गत पुस महिनादेखि हिमपात हुन शुरु भएसँगै  पुस १५ देखि विद्यालय बन्द गरिएको थियो। हिमपातपछि अत्यधिक जाडोले गर्दा विद्यालयमा बसेर विद्यार्थी पढ्न नसक्ने भएपछि विद्यालय बन्द गर्नुपरेको विद्यालयका प्रधानध्यापक डिकबहादुर केसीले जानकारी  दिए।विस्तारै मौसम राम्रो हुंदै गएपछि विद्यालय सञ्चालनमा आएको हो।

विद्यालयमा ३२ जना विद्यार्थी अध्ययनरत छन्। यस्तै फक्ताङलुङ गाउँपालिका– ६ घुन्सा समुद्र सतहदेखि तीन हजार ५ सय उच्चाइमा पर्दछ। घुन्सामा हिमपात हुन सुरु भएसँगै घुन्सा आधारभूत विद्यालय गत पुसको पहिलो हप्तामै बन्द भएको थियो।

सो विद्यालय यही फागुन १५ देखि पठनपाठन हुने तयारी रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख जयप्रकाश रिजालले जानकारी दिए। विद्यालयमा ४२ विद्यार्थी अध्यायनरत रहेका छन्। रासस

प्रकाशित: ९ फाल्गुन २०७७ ०६:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App