७ वैशाख २०८१ शुक्रबार
शिक्षा

बैतडीका १८ विद्यालयमा नयाँ भवन बन्ने

बैतडीमा सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा यो वर्ष १८ वटा नयाँ विद्यालय भवन निर्माण हुने भएका छन्। सामाजिक विकास कार्यालय मार्फत  जिल्लाका १० वटै स्थानीय तहका विभिन्न विद्यालयमा ४ कोठे र २ कोठे भवन निर्माण हुने सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शंकरदत्त जोशीले जानकारी दिए।

चालु आर्थिक वर्षमा ९ वटा चारकोठे, ९ वटा दुई कोठे, एक पुस्तकालय भवन, ५ घेरबार, २ छात्रा शौचालय, ५ सूचना प्रविधि केन्द्र भवन र एक विद्यालय भवन मर्मत गरिने जोशीले जानकारी दिए। नयाँ भवन निर्माणका लागि सम्बन्धित विद्यालयहरुसँग सम्झौता गरेर काम सुरु  भइसकेको छ। ४ कोठे भवनका लागि ४० लाख, २ कोठे भवनका लागि २० लाख, पुस्तकालय भवन निर्माणका लागि २० लाखका रुपैययाँ दरले बजेट विनियोजन भएको बतायएको छ।

घेरबार, छात्रा शौचालय निर्माण, मर्मत सम्भार र सूचना प्रविधि केन्द्र भवन निर्माणका लागि ५ लाखका दरले बजेट आएको जोशीले बताए। चारकोठे नयाँ भवन अन्तर्गत सुर्नया गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा २/२, डिलासैनी, शिवनाथ, सिगास, पाटन र पुर्चौडीमा १/१ भवन बन्नेछन्। यस्तै दुईकोठे नयाँ भवन अन्तर्गत मेलौलीमा २, पुर्चौडीमा २, सुर्नयामा २, पञ्चेश्वर, डिलासैनी र सिगासमा १/१ भवन बन्ने  भएका छन्।

२० लाखको लागतमा पाटनको उदयदेव मावि किम्तोलीमा पुस्तकालय भवन निर्माण हुनेछ भने दोगडाकेदार गाउँपालिकामा–३, डिलासैनी र पाटनमा १/१ वटा सूचना प्रविधि केन्द्र भवन निर्माण हुने सामाजिक विकास कार्यालयले जनाएको छ। विद्यालयको घेरबारतर्फ दोगडाकेदार, दशरथचन्द नगरपालिका, सिगास, मेलौली र पुर्चौंडीका १/१ वटा विद्यालय छनौट गरिएको छ।

प्रकाशित: ९ माघ २०७७ ०८:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App