८ वैशाख २०८१ शनिबार
शिक्षा

काठमाडौं विश्वविद्यालयमा थापा

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा भोला थापा नियुक्त भएका भएका छन्। विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार थापालाई सो पदमा नियुक्त गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रवक्ता दीपक शर्माले बताए। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले गरेको सिफारिसका आधारमा थापालाई नियुक्ति गरिएको शर्माले बताए।  

उपकुलपतिको दौडमा ४४ जना उम्मेदवार थिए। तीमध्ये प्राडा रामकण्ठ मकाजु, प्राडा भोला थापा र प्राडा बालचन्द्र लुँइटेलको नाम समितिबाट सिफारिस भएको थियो। १० वटा विभिन्न मापदण्डका आधारमा समितिले नाम सिफारिस गरेको मन्त्रालयले जनाएको छ।  

मेडिकल स्कुलतर्फका प्राध्यापक मकाजु विभिन्न समयमा विभिन्न विवादमा मुछिँदै आएकोमा उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ०७५ सालमा प्राडा थापाले रजिष्ट्रार पदबाट राजीनामा दिएका थिए। विश्वविद्यालयको स्थापना कालदेखि नै सो विश्वविद्यालयमा प्राध्यापन गर्दै आएका उनले ९ वर्ष डिन र ५ वर्ष रजिष्ट्रार पदमा काम गरिसकेका छन्। नवनियुक्त उपकुलपति थापा पेशाले मेकानिकल इन्जिनियर हुन्। उनले नर्वेमा नेपालको हाइड्रोपावर डेभलपमेन्टमा विद्यावारिधि हुन्।

प्रकाशित: ८ माघ २०७७ ०१:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App