८ वैशाख २०८१ शनिबार
शिक्षा

काठमाडौं विश्वविद्यालयका ‘भ्रष्ट र विवादित’ पदाधिकारीलाई पुनः नियुक्ति नगर : डा. केसी

चिकित्सा शिक्षा सुधारका लागि पटकपटक अनशन बसेका प्रा. डा गोविन्द केसीले काठमाडौं विश्वविद्यालयका भ्रष्ट र विवादित पदाधिकारीलाई पुनः नियुक्ति नगर्न सरकारलाई चेतावनी दिएका छन्।  

काठमाडौं विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा चलखेल भइरहेको भन्दै डा. केसीले आइतबार विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।  

डा केसीले भनेका छन्, ‘हामीसित सम्झौता भएबमोजिम नयाँ कानुन नबनुन्जेल वरिष्ठता तथा कार्यक्षमताका आधारमा पदाधिकारी नियुक्ति गर्न तथा काठमाडौं विश्वविद्यालयका भ्रष्ट र विवादित पदाधिकारीहरूलाई फेरि नियुक्त नगर्न सरकारको ध्यानाकर्षण गराउँछौं।’

विश्वविद्यालय सुधारका लागि पदाधिकारी नियुक्तिमा दलीय भागबन्डाको अन्त्य हुनुपर्ने उनको माग छ।  

पछिल्लो सत्याग्रहपछि सरकारले नियुक्ति प्रक्रियामा सुधारका लागि कानुनी व्यवस्था गर्ने सम्झौता गरेको भए पनि कार्यान्वयन नगरिएको उनको गुनासो छ। 

प्रकाशित: १९ पुस २०७७ १०:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App