coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

कुनै ठाउँमा पढाइ सुरु कतै अन्योल कायमै

भक्तपुरका चार वटा नगरपालिकामध्ये सबैभन्दा बढी कोरोना संक्रमित मृत्यु हुनेको संख्या भक्तपुर नगरपालिकामा छ । तथ्यांक अनुसार भक्तपुर नगरपालिकामा मृत्यु हुनेको संख्या अहिलेसम्म ४३ जना पुगेको छ । २८ जना पुरुष र १५ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । अन्य तीन वटा नगरपालिकामा यो भन्दा कम संख्यामा कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारणले सबैभन्दा प्रभावित भएको भक्तपुर नगरपालिकामा पुस १ गतेदेखि विद्यालय औपचारिक रूपमा खुलेका छन् । अन्य स्थानीय तहमा भने अहिलेसम्म पनि विद्यालय सुचारु हुन सकेका छैन । कहिलेदेखि स्कुल सुचारु गर्ने भन्ने समेत कुनै टुंगो छैन । भक्तपुर नगरपालिकाले पुस १ गतेदेखि कक्षा ८, ९ र १० कक्षा सञ्चालन गर्न अनुमति दिएपछि यहाँका सबै स्कुलमा पढाइ सुरु भएको हो ।  

संस्थागत विद्यालय संघ (इसान) नेपालका केन्द्रीय अध्यक्ष प्रेमजन थापाले विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सुरु गर्नुको विकल्प नभएको बताए । भक्तपुर नगरपालिकाको निर्णय स्वागतयोग्य भएको र सोही निर्णय अनुसार यहाँ विद्यालय सञ्चालन भएको उनले बताए । ‘कोरोनासँग सधै डराएर कहिलेसम्म स्कुल बन्द राख्ने ?’ उनले भने, ‘अब सबै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर स्कुल सञ्चालन गर्नुपर्छ ।’  

यहाँको मध्यपुर थिमि नगपरपालिकामा अहिलेसम्म ३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो नगरपालिकामा अहिलेसम्म सबै स्कुल बन्द छन् । लुकिछिपी स्कुल खोलेको भन्दै नगरपालिकाले अनुगमन गरेको थियो । अनुगननको क्रममा खुलेका केही स्कुललाई बन्द गर्न नगरपालिकाले निर्देशन दिएको थियो । त्यसपछि अहिलेसम्म विद्यालय बन्द रहेका छन् । कहिलेबाट स्कुल सञ्चालन गर्ने भन्ने केही टुंगो छैन ।  

नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख ज्ञानेन्द्र बनले नगरपालिका क्षेत्रमा अहिले पनि कोरोना महामारी कायमै रहेकोले लुकिछिपी खोलिएका केही स्कुललाई नखोल्न निर्देशन दिएको बताए । कोरोना महामारी जारी रहेकाले अर्काे सूचना जारी नभएसम्म स्कुल बन्द नै रहने उनले बताए ।  

भक्तपुर र मध्यपुर थिमिपछि पछि जिल्लाको सूर्यविनायक नगरपालिकामा २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको चाँगुनारायण नगरपालिकामा ८ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । कोरोना भाइरसको सबैभन्दा बढी प्रभाव रहेको भक्तपुर नगरपालिकामा विद्यालय सञ्चालन भएका छन् भने कम प्रभाव रहेका स्थानीय तहमा स्कुल केहीबाट सञ्चालन गर्ने भन्ने केही टुंगो छैन ।

प्रकाशित: १० पुस २०७७ ०२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App