coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

त्रिवि उपप्रध्यापक परीक्षा: १७ विषयमा नतिजा निल

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले गत वर्ष सञ्चालन गरेको उपप्रध्यापक पदको लिखित परीक्षाको नतिजा कात्तिक २६ गते प्रकाशित गरेको थियो। परीक्षाको नतिजा प्रकाशित भएसँगै विश्वविद्यालयमा खेलाबैला मच्चिएको छ। विश्वविद्यालयको इतिहासमै यसपटक मुख्य १७ विषय इन्जिनियरिङ, गणित, विज्ञान, शिक्षाका मुख्य विषयलगायतमा परीक्षा दिएकाहरु पास हुन सकेनन्। यी विषयमा उत्तीर्ण हुने संख्या शून्य भएको छ। व्यवस्थापन संकायमा पनि दरबन्दीअनुसार विद्यार्थी पास हुन सकेनन्। यसले गर्दा पदपूर्ति नै हुन सकेन भने कतिपय विषयमा धेरै विद्यार्थी फेल भएका छन्। यसका साथै आफ्नो पहिचान खुल्नेगरी उत्तरपुस्तिकामा परीक्षासँग असम्बन्धित विषयवस्तु लेख्नेको परीक्षा नै रद्द गरिएको छ।

कुल १ सय ६१ विषयको परीक्षाका लागि ५ हजारभन्दा बढी विद्यार्थीले सहभागिता जनाएकोमा ५ सय १३ उम्मेदवार मात्र सफल भएका छन्। २२ विषयमा दरबन्दीभन्दा कम उम्मेदवार उत्तीर्ण भएका छन्।

गणित विषयमा उपप्राध्यापक पदका लागि खुला ३, महिला १ र आदिवासी जनजाति गरी कुल ५ दरबन्दी माग गरेको थियो। परीक्षार्थीको सहभागिता संख्या १ सय १२ रहेको थियो। तर यो विषयमा नतिजा शून्य भयो। कुनै पनि उम्मेदवार उत्तीर्ण हुन नसकेको आयोगले प्रकाशित गरेको नतिजामा छ। यसैगरी आइटीको धेरै माग भएको कम्प्युटर विज्ञान विषयमा पनि नतिजा शून्य रह्यो। यो विषयमा १६ दरबन्दीमा १२ जना सहभागी रहेका थिए। 

विगतमा त्रिवि सेवा आयोगले गर्ने गरेको परीक्षामा विभिन्न किसिमको दबाबका कारण नतिजा गढबढ हुने गरेकोमा यस वर्ष सेवा आयोगले मर्यादित र निर्देशिकामा आधारित रहेर परीक्षा सञ्चालन गरेको दाबी गरेको छ। 

वाटर रिसोर्स इन्जिनियरिङ्ग, इन्भोरमेन्टल इन्जिनियरिङ्ग, बायो केमेस्ट्रीमा ३ दरबन्दी माग गरेकोमा १२ जनाले लिखित परीक्षा दिएकोमा नतिजा शून्य रह्यो। यसैगरी फुड साइन्स, जनप्रशासन,समाजिक अध्ययन, शैक्षिक योजना तथा ब्यवस्थापन, भूगोल शिक्षा, अर्थ शास्त्र शिक्षा, संस्कृति, मनोविज्ञान, वाइल्ड लाइभ कन्जरभेसन, लाइभस्टक प्रोडक्सन टेक्नोलोजी, मेडिकल बायो केमेस्ट्री, पशुपालन षियमा नतिजा निल रहयो। भने व्यवस्थापन संकायमा ४६ दरबन्दीकोलागि कुल चार सय ९६ उम्मेदवार लिखित परीक्षामा सहभागिता जनाएकोमा ८ जना मात्र पास भए। सोही कारण ३८ वटा पदपूर्ति हुन सकेन।

भौतिक शास्त्र विषयमा दरबन्दीअनुसार परीक्षार्थी पास हुन सकेनन्। खुला ९ महिला १, आदिवासि जनजाति १ मधेसी १ र दलित १ गरी कुल १८ उपप्रध्यापकको दरबन्दी माग गरेको थियो। परीक्षामा कुल तीन सय ५ परीक्षार्थी सहभागि भएका थिए। तर उत्तीर्ण उम्मेदवार ८ मात्र छन्। यसैगरी रसासयन शास्त्रमा १३ दरबन्दीका लागि २ सय ६ परीक्षार्थी लिखित परीक्षामा सहभागी भएकामध्ये उत्तीर्ण परीक्षार्थीको संख्या ५ मात्र रह्यो।

यसका साथै भूगर्भशास्त्र, प्राणीशास्त्र, कानुन, स्वास्थ्य शिक्षा, सूचना प्रविधि शिक्षा, शिक्षाको आधार, शारीरिक शिक्षा, राजनिति शास्त्र शिक्षा, पाठ्यक्रम तथा मूल्यांकन, नेपाली शिक्षा, अंग्रेजी शिक्षा, समाजिक कार्य, शाजनिति शस्त्र, नेपाली , ग्रामिण विकास, कम्प्युटर एप्लिकेसन, सिभिल इन्जिनियरिङ्ग, कम्प्युटर इन्जिनियरिङ्ग, इलेक्ट्रनेनिक्स इन्जिनियरिङ्ग, इलेक्ट्रीकल इन्जिनियरिङ्ग विषयमा दरबन्दीअनुसारका उम्मेदवार पास हुन सकेनन्। धेरै उम्मेदवार फेल हुने विषयहरु अंग्रेजी रहेको छ।

विगतमा त्रिवि सेवा आयोगले गर्ने गरेको परीक्षामा विभिन्न किसिमको दबाबका कारण नतिजा गढबढ हुने गरेकोमा यस वर्ष सेवा आयोगले मर्यादित र निर्देशिकामा आधारित रहेर परीक्षा सञ्चालन गरेको दाबी गरेको छ। आयोगका प्रशासन प्रमुख केदार ढकालले विगतको जस्तो यस वर्ष कुनै पनि नेता, नातागोता वा माननीयहरुको सोर्सले काम नगरेको स्पष्ट पारे।

आयोगले परीक्षासमबन्धी निर्देशिकाअनुसारै परीक्षा सञ्चालनदेखि नतिजा प्रकाशनसम्मको काम गरेको उनको दाबी छ। ‘सेवा आयोगले परीक्षालाई मर्यादित बनाउन यसपटक लोकसेवा आयोगको कर्मचारीलाई उत्तरपुस्तिकाको डबल कोडिङ र डिकोडिाङ गर्न लगाएको ढकालले भने। उनले भने, ‘यति मात्र होइन उत्तरपुस्तिकामा परीक्षार्थीले आफनो पहिचान खुल्नेगरी संकेत गरेको पाइयो। त्यस्ता ३ सय ३० जनाको परीक्षानै आयोगले रद्द गरिदिएको छ।’

प्रकाशित: ११ मंसिर २०७७ ०२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App