७ वैशाख २०८१ शुक्रबार
शिक्षा

म्याग्दीमा कक्षा ११ को आन्तरिक परीक्षा सञ्चालन

बेनी नगरपालिका–५, पौलस्त्य माविका परीक्षामा सहभागि विद्यार्थी।

म्याग्दीका सामुदायिक विद्यालयले कोरोना भाइरसका कारण स्थगित गरिएको परीक्षा लिन थालेका छन्। जनस्वास्थ्यका मापदण्ड अपनाएर बेनी नगरपालिका–५, पौलस्त्य माविमा आइतबारदेखि कक्षा ११ को आन्तरिक परीक्षा सञ्चालन गरिएको छ। परीक्षा सञ्चालन गर्न शिक्षा विकास तथ समन्वय इकाई म्याग्दीले ८ बुँदे मापदण्ड लागु गरी परीक्षा सञ्चालन भइरहेको विद्यालयका शिक्षक देविप्रसाद शर्माले बताए। ‘लामो समयसम्म परीक्षा स्थगित हुँदा विद्यार्थी अन्यौलमा थिए। अहिले विद्यार्थी निकै उत्साहित छन’, उनले भने।  

त्यस्तै पुलाचौरकै जनकल्याण माविमा समेत सोमबारदेखि नै कक्षा ११ को परीक्षा सुरु भएको विद्यालयले जनाएको छ। विद्यालयले परीक्षा सञ्चालनमा मास्क, सेनिटाईजर, एउटा बेन्चमा एक विद्यार्थीका साथै भौतिक दुरीलाई प्राथमिकता दिएका छन्। त्यस्तै ज्वरो, रुघाखोकीको समस्या भएका विद्यार्थी भएमा एउटा छुट्टै कोठामा राख्न अनुरोध गरिएको शिक्षा विकास तथ समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले बताए। ‘मापदण्डको जानकारी सबै विद्यालयमा पुगेको छ।

अब सबै स्थगित भएका परीक्षा सम्पन्न हुन्छ’, उनले भने। जिल्लाका सबै निजी तथा सामुदायिक विद्यालयले कक्षा ११ को परीक्षाको तयारीमा जुटेका छन्। कोरोनाको जोखिमसँगै घरमा रहेका विद्यार्थीलाई विद्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ। परीक्षामा मापदण्डको प्रयोग लगायतका विषयमा शिक्षा विकास समन्वय इकाई, स्थानीय तहको शिक्षा शाखाका साथै जनप्रतिनिधिलेसमेत अनुगमन गरेका छन्। म्याग्दी बहुमुखी क्याम्पस सहित म्याग्दी जिल्लामा ११ सञ्चालन रहेका विद्यालयको संख्या २१ रहेको छ।

प्रकाशित: १७ कार्तिक २०७७ ०७:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App