७ वैशाख २०८१ शुक्रबार
शिक्षा

विद्यालय जान प्रोत्साहन गर्न किशोरीलाई साइकल

विजयनगर गाउँपालिका, सिद्धार्थ सामाजिक विकास केन्द्र र केयर नेपालले १५७ किशोरी तथा बालिकालाई साइकल वितरण गरेको छ । विद्यालय जान छाडेका र विद्यालय नगएका बालिकालाई नियमित विद्यालय जान साइकल वितरण गरिएको हो ।  

कपिलवस्तुमा सञ्चालित उडान कक्षाका किशोरीलाई  विद्यालयको वार्षिक परीक्षामा समावेश गराई क्षमतानुसार विद्यालयको विभिन्न कक्षामा भर्ना गरिएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले जानकारी दिए । उडान बालिका कक्षा शिक्षाले अन्धकारमा दिन बिताइरहेका किशोरी तथा बालिकालाई उज्ज्वल भविष्यतर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिकाको निर्वाह गरेको अध्यक्ष थापाको भनाइ छ ।  

गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीकुमारी चौधरीले हरेक क्षेत्रमा महिला पछाडि परेकाले तिनको उच्च शिक्षामा ध्यान जरुरी रहेको बताइन् । सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक नारायण घिमिरेले बीचैमा विद्यालय जान छाडेका र विद्यालय नगएका बालिकालाई खोजेर उडान सिकाइ केन्द्रमा एक वर्षसम्म कक्षा सञ्चालन गरी पुनः विद्यालयमा भर्नाका लागि सो कक्षा सञ्चालन गरिएको बताए ।  

साइकल पाएपछि किशोरीले खुशी हुँदै अब कुनै पनि हालतमा अध्ययन नरोक्ने बताए । साइकल नहूँदा यहाँका बालबालिका पाँच किलोमिटरको पैदल हिँडी विद्यालय आउने गरेका थिए । रासस

प्रकाशित: १० कार्तिक २०७७ १५:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App