coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

प्रदेश १ मा शैक्षिक गुणस्तर सुधार अभियान

प्रविधिको प्रयोगबाट शिक्षा प्रदान गर्ने उद्देश्यले शैक्षिक गुणस्तर सुधार अभियान सुरु गरेको प्रदेश १ को सरकारले शिक्षकहरूलाई सूचना प्रविधि तालिम दिन थालेको छ। पहिलो चरणमा ६ वटा स्थानीय तहका विद्यालयका शिक्षकहरूलाई तालिम दिएको सरकारले दोस्रो चरणमा १० वटा स्थानीय तहका विद्यालयका शिक्षकहरूलाई तालिम सुरू गरेको हो।  

तालिमको शुक्रबार प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले उद्घाटन गरे। कार्यक्रमलाई सम्बोध गर्दै प्यासीले शिक्षालाई प्रविधिमा रुपान्तरण गर्नु आवश्यक भएको बताए। ‘परम्परागत शिक्षा प्रणालीलाई प्रविधिमा आधारित शिक्षा प्रणालीमा रुपान्तर गर्नु आवश्यक भइसकेको छ’ प्यासीले भने। उनले शिक्षकलाई प्रविधिमैत्री बन्न पनि आग्रह गरे। सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ का सवै विद्यालय चाँडै प्रविधिमैत्री बन्नाईने बताए। १० वर्षभित्रमा किताव र झोलामुक्त बनाउने प्रदेश सरकारको अभियान भएपनि २–४ वर्ष भित्रमा सवै विद्यालय प्रविधिमैत्री बन्ने घिमिरेको भनाई छ। १ हजार ३ सय बढी विद्यालयमा प्रदेश सरकारको लगानीमा कम्प्युटर ल्याव निर्माण गरिसकिएको मन्त्री घिमिरेले जानकारी दिए।  

सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले सामुदायिक विद्यालयहरु सूचना प्रविधिमैत्री हुन आवश्यक रहेको बताए। शिक्षकलाई पेशागत रुपमा सक्षम बनाउने उद्देश्यसहित तालिम शुरु गरिएको सचिव कार्कीको भनाई छ। सामाजिक विकास मन्त्रालयको आयोजनामा पहिलो चरणको तालिम गत असोज १५ गतेदेखि शुरु भएको छ। पहिलो चरणमा ६ वटा स्थानीय तहका ६ सय शिक्षक सहभागी छन्। 

दोश्रो चरणका तालिममा १० वटा स्थानीय तहका १ हजार शिक्षक सहभागी भएको सामाजिक विकास मन्त्रालयका शैक्षिक महाशाखा प्रमुख कृष्णप्रसाद पोखरेलले जानकारी दिए।

प्रकाशित: ३० आश्विन २०७७ १४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App