८ वैशाख २०८१ शनिबार
शिक्षा

असोज १६ देखि काठमाडौं गोकर्णेश्वरका सबै विद्यालय खुलाइने, यस्ता छन् ६ सर्त

काठमाडौंको गोकर्णेश्‍वर नगरपालिकाले कोरोना महामारीका कारण ६ महिनाभन्दा बढी समयदेखि बन्द आफ्ना क्षेत्रका सबै निजी तथा सामुदायिक विद्यालय असोज १६ गतेदेखि सञ्चालन गर्ने भएको छ।

आइतबार सूचना जारी गर्दै नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिएको हो।  

सूचनामा भनिएको छ, ‘अभिभावक एवं विद्यालय व्यवस्थापन समितिको आपसी छलफल तथा निर्णयका आधारमा २०७७ असोज १६ गतेदेखि चरणबद्ध तरिकामा, समूहमा, सिफ्टमा वा अन्य कुनै वैकल्पिक विधि प्रक्रियाद्वारा भौतिक रूपमै विद्यालयमा प्रत्यक्ष पठनपाठनको आवश्यक व्यवस्था मिलाउनुपर्नेछ।’ 

प्रकाशित: ११ आश्विन २०७७ ०८:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App