coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

शैक्षिक गतिविधि ठप्प भएको सात महिनापछि शिक्षकलाई तालिम!

कोरोना कहरले शैक्षिक संस्थाहरु ठप्प भएको झण्डै सात महिनापछि प्रदेश सरकार बल्ल शिक्षकहरुलाई प्रविधिसँग जोड्ने योजना बुन्दैछ। प्रदेश १ सरकारले पहिलो चरणमा ६ सय शिक्षकलाई सूचना प्रविधि संवन्धि तालिम दिने तयारी गरेको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार  ६ वटा स्थानीय तहका एक–एक सय शिक्षकलाई पहिलो चरणमा तालिम दिने जनाएको छ।  

चैतयता ठप्पप्राय शैक्षिक गतिविधि सञ्चालन कसरी गर्ने भन्ने बहस बाक्लै हुँदै आएका छन्। प्रदेश १ सरकारले भने बल्ल शिक्षकलाई सूचना प्रविधि तालिमको प्रबन्ध गर्दैछ। लकडाउन भएपछि निजी विद्यालयहरुले अनलाइनमार्फत शैक्षिक गतिविधि जारी राख्ने प्रयास गरेका थिए। त्यसबेला सामुदायिक विद्यालयमा पनि वैकल्पिक सिकाइको अवलम्बन गर्न माग उच्च थियो। तर, सबै विद्यालय, विद्यार्थी र शिक्षकहरुकै पनि इन्टरनेटमा पहुँच नहुँदा प्रदेशमा यो सम्भव भएन।

ुहामीले सुरुदेखि नै विकल्प खोज्न प्रदेश सरकारलाई भनेका हौुं, सामुदायिक विद्यालयका एक शिक्षकले भने ुतर, सात महिनापछि सरकार बल्ल शिक्षकलाई तालिम दिने योजना ल्याउँदैछ। योजना राम्रो हो तर धेरै ढिला भयो।ु  प्रदेश सरकारको विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न विद्यालयमा अध्यापनरत शिक्षकहरुका लागि आधारभुत कम्प्युटर ज्ञान तथा सूचना प्रविधि शिक्षा संवन्धि शिक्षकहरुमा क्षमता विकास तालिम सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ।  मन्त्रालयले स्थानीय तहहरुसँगको साँझेदारीमा पहिलो चरणमा ६ वटा स्थानीय तहमा यसै साता भित्र तालिम सञ्चालन गर्ने योजना बनाएको छ।

तालिम सञ्चालनका लागि मन्त्रालयले स्थानीय तहहरुसँग सम्झौता गरिरहेको छ। मन्त्रालयले इलामको सुर्योदय नगरपालिका, झापाको मेचीनगर नगरपालिका, मोरंगको पथरीशनिश्चरे नगरपालिका, उदयपुरको त्रियुगा सुनसरीको इटहरी उपमहानगरपालिकासँग सम्झौता गरिसकेको छ। 

प्रकाशित: ११ आश्विन २०७७ ०४:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App