७ वैशाख २०८१ शुक्रबार
शिक्षा

विभेदपूर्ण शिक्षाः चिन्तामा विद्यार्थी

विद्यालयबाट घर जादै गरेकी थकित विद्यार्थी । फाईल तस्बिर: दिनेश/नागरिक

कोरोना त्राससंगै गरिएको लकडाउनले विद्यार्थीको पठनपाठनलाई असोज १ देखि निरन्तरता दिने भनिएको छ। अधिकांश निजी र कतिपय सामुदायीक विद्यालयले पढाईको तयारी सुरु गरेका छन्। अनलाईन कक्षा र दुरशिक्षाको कुरा गरिरहदा सहर केन्द्रित र पहुँचवालालाई मात्र ध्यानमा राखेर जबरजस्त शैक्षिक गतिबिधि संचालन गरिदै छ।  

सरोकारवालाले दुर्गमका विद्यार्थाीको पीडाका बारेमा छलफल समेत गरेको पाईदैन। बिश्व नै आतंकित भईरहेको यो समयमा ‘समानता र समताका’ कुराहरुलाई छलेर शैक्षिक निर्णय भएको देखिन्छ।

सामान्य फोन मात्र गर्नलाई रुखमा चढेर नेटवर्क खोज्नु पर्ने दुर्गमका हजारौं विद्यार्थाीलाई अनलाईन कक्षाले सम्बोधन गर्दैन भन्ने जानकारी पाएकाहरुले त्यतातिर पनि ध्यान दिनु पर्छ। निजी विद्यालयमा जबरजस्त शुल्क अशुल्न तथा सामुदायिक विद्यालयका शिक्षकलाई तलब बुझ्न लाज लाग्ने परिस्थिति ढाक छोप गर्न अनलाईन कक्षाको मात्र विषय छलफलमा ल्याईएको अनुमान गर्न सकिन्छ। राज्यले आउदो शैक्षिक सत्रमा आफ्नो बोझ कम गर्नका लागि हचुवाका भरमा निर्देशिका जारी गरेको देखिन्छ।  

रोल्पाका शिक्षकहरु यतिबेला सरकारको पछिल्लो निर्णयबाट दिक्क छन्। सरकारले भने बमोजिम दुर्गममा शैक्षिक गतिबिधि चलाउन सकिने अवस्था नभएपछि उनीहरु जोखिमसम्म मोलेर भए पनि स्कुल खोल्ने पक्षमा देखिएका छन्। जिल्लाको दुर्गममा रहेको जनता माबि गामका प्रधानाध्यापक बागबिर घर्ती अझै पनि अन्यौल भएको बताउँछन्। ‘हाम्रा विद्यार्थाीहरु तनावमा छन्। हाम्रोमा ईन्टरनेट त परै जाओस कतिपयसंग रेडियोको समेत पहुँच छैन।’ घर्तीले भने ‘अब विद्यार्र्थाी स्कुल मै बोलाउने कि के गर्ने पहिलो हप्ता निर्णय गर्छाै।’ उनका अनुसार सरकारको पछिल्लो निर्णय दुर्गमका विद्यार्थाीका लागि बिभेद पूर्ण छ।

उता सदरमुकाममा रहेको बालकल्याण नमुना माध्यमिक विद्यालयले भने बिभिन्न दर्जन बढी स्थानमा सिकाई केन्द्र सुरु गरेको छ। ‘नर्सरीदेखि ४ कक्षासम्मकालाई सिकाई केन्द्रमा पढाउदै छौ।’ विद्यालयका प्रअ मधुसुदन पोख्रेलले भने ‘कक्षा ५, ८ र १० का विद्यार्थाीलाई १५/१५ जनाका दरले आलो पालो पढाई सुरु गरेका छौं। हाम्रोमा अनलाईन र दुरशिक्षाका कक्षाहरु प्रभाबकारी भएन।’ उनका अनुसार अन्य कक्षाका विद्यार्र्थाीलाई पनि कसरी कक्षामा समेट्ने भन्ने बारेमा छलफल भईरहेको छ। उनी पनि सरकारको पछिल्लो समयको शैक्षिक निर्णय प्रति बिभेद भएको बताउँछन्।

रोल्पाका स्थानीय तहहरुले आफ्नो अवस्था अनुसार पठनपाठन तयारी गरेका छन्। ‘गाउँपालिका भरि सबै विद्यालय आजदेखि खुलाएका छौं। औपचारी रुपमै खुल्यो।’ माडि गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनले भने ‘मास्क लगाएर विद्यालय आउने, स्वास्थ्यकर्मी बेला बेलामा स्वास्थ्य परीक्षण गर्न विद्यालयमा पठाउने भनेका छौ।’ उता लुङग्री गाउँपालिकाले भने तत्काललाई विद्यालय संचालन गरिहाल्न सक्ने अवस्था नरहेको बताएको छ। अध्यक्ष दुर्गाबहादुर खड्काले भने ‘हामि छलफलमा छौं। महामारी बढ्दै छ। केहिदिन अवस्था हेरेर के गर्ने निर्णयमा पुग्छौं।’  

रोल्पा नगरपालिकाले आजबाट बैकल्पीक शिक्षण सिकाईको नाममा आलो पालो पठनपाठन सुरु गरेको जनाएको छ। रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसिका अनुसार आजदेखि नगरभित्रका सबै विद्यालय बैकल्पीक शिक्षण सिकाईका लागि खुलेका छन्। उता थवाङका विद्यालयहरु खुलेका छैनन्। गाउँपालिकाका अध्यक्ष बिरबहादुर घर्तीका अनुसार विद्यालय खोल्ने भनी कहि कतैबाट परिपत्र नआएका कारण खोल्न नसकिएको हो। सुनिलस्मृती गाउँपालिकाले पनि विद्यालय खोलेको छैन। गाउँपालिकाका अध्यक्ष गुर्णेन्द्र घर्तीले भने ‘बैठक बसेर निर्णय गर्ने छौं। केहिदिन पर्ख र हेरको रणनीतिमा छौं।’

उता विद्यार्थाीहरुमा चिन्ता र अन्यौलताले गाजेको छ। आफैसंगका पहुँचवालाले पढिरहदा कमजोर आर्थिक अवस्थामा रहेकाहरु मन रुवाएर बसेका छन्। असोज १ देखि विद्यालय खुल्ने खबर सुनेकाहरु आत्तिन थालेका छन्। सरकारले बिभेद गरेको पहुँचमा नरहेकाहरुको आरोप छ।

प्रकाशित: १ आश्विन २०७७ ०७:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App