७ वैशाख २०८१ शुक्रबार
शिक्षा

लुम्बिनी बौद्ध विश्वविद्यालयले परीक्षा सञ्चालन गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयले यहि भदौ २८ गतेबाट स्नातक र स्नातकोत्तर तहको परीक्षा गर्ने  भएको छ। कोरोना भाइरसका कारण दुई पटकसम्म स्थगित परीक्षा स्वास्थ्य मापदण्ड अवलम्बन गर्दै सञ्चालन गर्ने विश्वविद्यालयले जनाएको छ। त्रिभुवन विश्वविद्यालय सहित अन्य विभिन्न विश्वविद्यालयले कोरोनाका कारण परीक्षा सञ्चालनमा अलमलिएको बेला लुम्बिनी बौद्ध विश्व विद्यालयले भने परीक्षा सञ्चालन गर्न लागेको हो।  

स्नातक तहमा विविटिटिएम, बिएएलएलबी, भोट भाषासहितका परीक्षाहरु हुनेछन्। स्नातकोत्तर तहका सबै विषयको परीक्षा हुन लागेको विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले जानकारी दिए। विद्यार्थीको भविष्यको ख्याल गर्दै स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न लागिएको उनले बताए।  

भदौं २८ गतेबाट दैनिक जसो हुने गरी परीक्षा तालिका सार्वजनिक गरिएको छ। बौद्ध विश्वविद्यालयले विए पहिलो सेमेष्टर, स्नातकोत्तर आर्कोजोलीको पहिलो समेष्टर, म्युजियोलोजीको पहिलो र तेस्रो, विएएलएलबीको पहिलो, विए भोट बुद्धिष्टको पहिलो समेष्टरको परीक्षा गर्न लागेको जनाएको छ। बिबिटिटिएम, विएएलएलबी, स्नातकोत्तर तहमा विश्वविद्यालयले परीक्षा गर्ने रजिष्टार आचार्यले बताए।  

सरकारी कुनै विदा परेमा समेत विश्वविद्यालयको निर्णय बिना परीक्षा नरोकिने सूचनामा बताइएको छ। विश्वविद्यालयले स्वास्थ्य सम्बन्धी सबै मापदण्ड अपनाएर लुम्बिनी, बुटवल र काठमाण्डौंमा परीक्षा केन्द्र तोकेको हो।  

विश्वविद्यालयले यसअघि भदौ २ गतेदेखि दोस्रो पटक परीक्षा सञ्चालनको तयारी गरेको थियो। अन्तिम समयमा लकडाउन भएपछि परीक्षा स्थगित गरिएको थियो। कोरोनाको संक्रमण कहिलेसम्म हुन्छ भन्ने अनिश्चित भएकाले शैक्षिक कार्यक्रमलाई निरन्तरता दिन परीक्षा गर्न लागिएको विश्वविद्यालयले जनाएको छ।

काठमाण्डौंमा रहेका विद्यार्थीलाई सोही स्थानमा तथा लुम्बिनी र बुटवल क्षेत्रमा रहेका विद्यार्थीलाई लुम्बिनी स्थित केन्द्रीय क्याम्पसमा केन्द्र तोकिएको छ। परीक्षाका लागि विश्वविद्यालयले पूर्ण तयारी गरेको छ। परीक्षार्थीलाई दुई/दुई मिटर टाढा बस्ने व्यवस्थापन मिलाउने, परीक्षा सकिएपछि कोठालाई ‘डिसइन्फेक्सन’ बनाउने व्यवस्था गरिएको छ।

परीक्षार्थीलाई हरेक दिन मास्क, पञ्जा र स्यानिटाइजरको समेत व्यवस्थापन मिलाइएको छ। विद्यार्थीहरु परीक्षा केन्द्र भित्र वा बाहिर समूहगत रुपमा बस्न नपाइने निर्देशन समेत विश्वविद्यालयले गरेको छ।

चैतमा हुनुपर्ने परीक्षा कोरोनाले गर्दा भदौंमा आइपुगेको हो। सेमेष्टर प्रणालीका परीक्षा ६÷६ महिनामा हुने हो। त्यसो गर्दा अर्को परीक्षा समेष्टरको परीक्षा दिनुपर्ने समय समेत भएकाले परीक्षा सञ्चालन गरेर विद्यार्थीहरुको शैक्षिक कार्यक्रम निरन्तर अगाडि बढाउन खोजिएको विश्वविद्यालयले जनाएको छ।  

 

प्रकाशित: २६ भाद्र २०७७ ०९:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App