७ वैशाख २०८१ शुक्रबार
शिक्षा

फ्युजमेसिन्स शैक्षिक डिजिटलीकरण अनुदान कार्यक्रम घोषणा

फ्युजमेसिन्स इन्कले ‘शैक्षिक डिजिटलीकरण अनुदान कार्यक्रम’ सुरु गरेको छ। यो पहल स्कुलहरुलाई डिजिटल क्षमतासहित सञ्चालन गर्न तयार गरिएको हो उसले जनाएको छ। यसमा छानिएका स्कुल वा कलेजहरुलाई प्रतिसंस्था २ लाख ५० हजार रुपैयाँसम्मको गैरनगद अनुदान प्रदान गरिने जनाइएको छ। जुन अनुदान ‘फ्युज कक्षाकोठा प्लेटफर्म’ प्रयोग गर्नमा प्रयोग हुनेछ फ्युजले जनाएको छ।  

 फ्युज कक्षाकोठाले अहिले कोभिड १९ को प्रभावसँग सामञ्जस्य स्थापित गर्न प्रयासरत नेपालभरिका शैक्षिक संस्थाहरुलाई डिजिटलीकरण गर्न सहयोग पुर्याञउने आशा गरिएको छ। कलेज र विद्यालयहरुलाई पूर्ण अनलाइन कक्षा चलाउन वा मिश्रित विधि प्रयोग गर्न योग्य बनाउने तथा विद्यार्थीहरुलाई ती शैक्षिक संस्थाले यसअघि दिनसक्ने समयभन्दा फरक समयमा कक्षा लिनसक्ने लचकताका कारण यी संस्थाहरुले पर्याप्त लाभ पाइरहेको फ्युजमेसिन्सले जनाएकोछ। नेपालजस्ता विकासशील देशका शैक्षिक संस्थाहरुका लागि यसले विद्यार्थीहरुलाई शिक्षा प्राप्त गर्न सजिलो र कम खर्चिलो बनाउँदै यसलाई प्रभावकारी बनाउन मद्दत गर्नेछ।

नेपालमा दर्ता भएको र कोभिड १९ भन्दा अगाडि १०० भन्दा बढी विद्यार्थीहरुका लागि नियमित कक्षा चलाइरहेका जुनसुकै स्कुल यो अनुदानका लागि योग्य हुनेछन्। आवेदनको अन्तिम मिति अक्टोबर १५, २०२० सम्म रहेको छ। अनुदान कार्यक्रमबारे थप जानकारीका लागि info@fusemachines.com मा इमेल गर्न वा fuseclassroom.com हेर्न सकिन्छ।  

 

 

प्रकाशित: १५ भाद्र २०७७ १२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App