८ वैशाख २०८१ शनिबार
शिक्षा

त्रिविका सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले भदौं दोस्रो साता संचालन गर्ने भनेको सेमेस्टर प्रणालीको सबै परीक्षाहरु स्थगित गरेको छ। विश्वविद्यालयको ब्यवस्थापन, विज्ञान, इन्जिनियरिङ, मेडिकल लगायतका सबै डिन कार्यालयहरुले सूचना प्रकाशित गरि परीक्षा स्थगित भएको जनाएको छ। त्रिविमा सेमेस्टर प्रणालीबाट परीक्षा दिने विद्यार्थीहरु करिब दुइ लाख रहेका छन्।  कोभिड–१९ को संक्रमण बढ्दै गएपछि परीक्षा संचालन गर्न सक्ने अवस्था नरहेको ब्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले बताए।  

विश्वविद्यालयले ईन्जिनियरिङका प्राध्यापक सुवर्ण शाक्यको संयोजकत्वमा गठन गरेको परीक्षा संचालन तथा ब्यवस्थापन समितिले दिएको सुझाव अनुसारै विश्वविद्यालयले सेमेस्टर प्रणालीका परीक्षाहरु भौतिक उपस्थितमै भदौ दोस्रो सातादेखि संचालनको निर्णय गरेको थियो।  तर संक्रमण बढ्दै गएपछि विद्यार्थीको भौतिक उपस्थितमा परीक्षा संचालन असंभव देखिएकोले सबै परीक्षाहरु स्थगित गरिएको उनको भनाई छ।  ‘हामी सबै डिन र पदाधिकारीहरु बसेर परीक्षाको विकल्पहरुबारे बृहत छलफल गर्यौं तर अन्य विकल्पहरु अनलाइन, ओपन बुक र आन्तरिक मूल्याँक /भाइवा संभव देखिएन,’डिन शर्मा भन्छन्‘त्यही भएर त्रिविका सम्पूर्ण डिनहरुको निर्णय अनुसारै भौतिक दूरी कायम गरी परीक्षा लिने निर्णय भएको थियो।  तर संक्रमण बढ्दै गएपछि संभव भएन र स्थगित गरियो। ’उनले थपे‘हाल विद्यार्थीको स्नातका पहिलो, तेस्रो,पाँचौं र सातौ सेमेस्टरको परीक्षा हुन सकेको छैन भने स्नातकोत्तर तहको दोस्रो र चौथो सेमेस्टरको परीक्षाहरु रोकिए।’

उता समिति संयोजक सुवर्ण शाक्यले भने विश्वविद्यालयले हालको अवस्थामा समितिले दिएको सुझाव अनुसार बाकी तीनमध्ये अनलाइन, ओपन बुक वा आन्तरिक मूल्याकन/ भाइवाको विधि अपनाउन सक्ने तर्फ जनु पर्ने बताए। ‘यसरी लाखौं विद्यार्थीको भविष्य अन्योल बनाउन भन्दा अन्य वैकल्पिक विधि अपनाएर निकास दिनु पर्थ्यो,’शाक्य भन्छन्‘तर विश्वविद्यालय हामीले दिएको अन्तिम विकल्पमै गयो।  जुन हालको अवस्थामा संभव छैन। ’

डिन शर्माले भने विश्वविद्यालयमा मेचिदेखि महाकालिसम्मका विद्यार्थीहरु भएकोले भौतिक उपस्थित बाहेकका अन्य विकल्पहरु हलको अवस्थामा संभव नएकोले स्थगित गरिएको जनाए। ‘सेमेस्टर प्रणालीका कुल विद्यार्थीमध्ये ४५ प्रतिशत ब्यवस्थापनमै छन्। बाकी अन्य संकायका हुन्।  ब्याचलरदेखि स्नातकोत्तरसम्म कुल ३२ हजार विद्यार्थी छन् ,’उनले भने ‘हाल परीक्षा स्थगितभए पनि रोकिएका सेमेस्टरको पठनपाठन अनलाईन सुरु गर्ने विश्वविद्यालयले निर्णय गर्दै छ।  एक दुइ दिनमा सूचना जारी हुन्छ।’

 

प्रकाशित: २६ श्रावण २०७७ १२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App