coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

लुम्बिनी बाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयमा रुपान्तरण गर्ने प्रस्ताव

लुम्बिनी बाणिज्य क्याम्पस । तस्बिर : विनोद/नागरिक

समुदायस्तरबाट नेपालमै एक मात्र व्यवस्थापन शंकाय सञ्चालन गर्दै आएको बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसलाई विश्वविद्यालयका रुपमा रुपान्तरण गर्ने प्रस्ताव अघि सारिएको छ । विस २०३८ सालमा स्थापना भएको क्याम्पसलाई संघीय र प्रदेश सरकारको नियम अनुसार मानित विश्वविद्यालयको रुपमा रुपान्तरण गर्ने प्रस्ताव अघि सारिएको हो ।  

भौतीक पूर्वाधार, दक्ष प्राध्यापक, प्रयोगशाला तथा अन्य आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेर लुम्बिनी मानित विश्वविद्यालयका रुपमा रुपान्तरण गर्न लागिएको क्याम्पसले जनाएको छ । क्याम्पसले शनिबार सरोकारवालाहरुसँग छलफल गरि मानित विश्वविद्यालयका रुपमा क्याम्पसलाई रुपान्तरण गर्ने प्रस्तावलाई औपचारीक रुपमा अघि सारेको छ ।  

संघीय र प्रदेश सरकारले निर्धारण गरेका मापदण्ड पूरा गरि अन्य क्याम्पसहरुलाई सम्बन्धन दिन नपाउने गरि मानित विश्व विद्यालय बनाउने प्रक्रिया सुरु भएको क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्यायले बताए ।  

उनले स्थानीय, प्रदेश तथा राष्ट्रिय अन्तरािष्ट्रय रोजगार बजारमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले क्याम्पसलाई मानित विश्वविद्यालयका रुपमा रुपान्तरण गर्न खोजिएको बताए । हाल व्यवस्थापन शंकाय मात्रै अध्यापन हुने लुम्बिनीले मानित विश्वविद्यालयको मान्यता पाएपछि बहुशंकायका पढाईहरु सुरु हुनेछन् । ‘मानित विश्वविद्यालयका रुपमा स्थापना गर्नका लागि आवश्यक जग्गा, पूर्वाधार, दक्ष जनशक्ति प्राध्यापक, प्रयोगशाला तयार छ’ क्याम्पस प्रमुख उपाध्यायले भने । उनका अनुसार स्कूल अफ म्यानेजमेन्ट र स्कूल अफ साईन्स एण्ड टेक्नोलोजीका रुपमा रुपान्तरण गर्न खोजिएको हो ।  

विश्वविद्यालयका लागि कम्तीमा २५ विगाहा जमिन र ५० करोडको अक्षकोष आवश्यक पर्ने मापदण्डमा उल्लेख छ । क्याम्पस यसका लागि तयार भइसकेको छ । संघीय र प्रदेश सरकारले विश्वविद्यालय सञ्चालन गर्न सक्ने संविधानमा उल्लेख गरेको छ । प्रदेश सरकारले बुटवलमा समुदाय तहबाट स्थापना भएको लुम्बिनी बाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालय निर्माणका लागि आफूहरुले सक्दो सहयोग गर्ने सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । उनले प्रदेश सरकारले प्रदेशको शिक्षामा मौलिकता ल्याउने प्रयासमा रहेको बताए ।  

बिशिष्टकृत रुपमा बाणिज्य शंकाय मात्रै सञ्चालन गरेको क्याम्पसलाई मानित विश्वविद्यालयका रुपमा रुपान्तरण गर्न सकिने लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपती डा. ह्दयरत्न ब्रज्रचार्यले बताए ।  

प्रदेश ५ का प्रदेशसभा सदस्य भोज प्रसाद श्रेष्ठ, बुटवल उपमहानगरका कार्यवाहक नगरप्रमुख गोमादेवि आचार्य, देवदह नगरपालिकाका नगर प्रमुख हिरा खत्रीले लुम्बिनी क्याम्पसलाई मानित विश्व विद्यालयका रुपमा रुपान्तरण गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । लुम्बिनीमा हाल त्रिभुवन विश्व विद्यालयका बिबिए एफए, बिबिएम, बिएमएस, एमबिएि बिएफ, एमबि एस एफ का कार्यक्रमहरु प्राज्ञिक स्वायत्तता पाएर सञ्चालन गर्दै आएको छ । क्यम्पसमा हाल ४ हजार ४ सय ९३ जना विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित: १० श्रावण २०७७ १३:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App