७ वैशाख २०८१ शुक्रबार
शिक्षा

स्कुलमा भर्चुअल माध्यमबाट मनाइयो ‘गुरु पुर्णिमा’

पुर्णिमाको दिन आफूलाई शिक्षा दिने गुरुप्रति सद्धभावपूर्ण पूजा र सम्मान गर्दै भर्चुअल माध्यमबाट गुरु पूर्णिमा मनाइएको छ । पोखरास्थित पोखरा सेकेन्डरी स्कुलले भर्चुअल माध्यममार्फत आयोजना गरेको गुरु पूर्णिमाको दिन विभिन्न विद्यार्थीहरुले गित, कविता, गाउनुको साथ शुभकामना  मन्तव्य दिए ।

विद्यार्थीहरुबाट सम्मान ग्रहण गरेपछि शिक्षकहरुले विद्यार्थीको उज्जवल भविष्यको कामना गरे । एसइई सकेका, कक्षा ११ र १२ अनि बिबिएसका विद्यार्थी सहभागी रहेको यो कार्यक्रम जुम मार्फत भएको थियो ।

अघिल्लो वर्ष गुरु पूर्णिमामा शिक्षकले रातो टिका लगाइ दिने र विधार्थीहरुले पनि गुरुआमाहरुलाई टिका लगाई दिएको र उपहार समेत दिएको विद्यार्थीहरुले सम्झिए। अघिल्लो वर्ष झैँ रमाइलोको लागि यो वर्ष केक काट्न नपाएकोमा खिन्न पनि भए । तर अनलाइन मार्फत भए पनि परम्परालाई निरन्तरता दिन पाएकोमा सबै खुसी देखिन्थे ।

अघिल्लो बर्ष झैँ यो पाली आफ्ना गुरुहरुलाई श्रद्धा र भक्ति सहित मिठाई प्रसाद, उपहार आदि अर्पण गरि आदर अर्पण गर्ने कार्यक्रम भएन । लकडाउनले गर्दा ४ महिना देखि भेट्न नपाएका धेरै विद्यार्थी र शिक्षकहरु एकै ठाउँमा जोडिने अवसर भने बन्यो यो कार्यक्रम ।  

पोखरा सेकेन्डरी स्कुलका प्रिन्सिपल नारायण न्यौपानेले भने, ‘गुरु पुर्णिमाको दिन समस्त हिन्दू भक्तजनहरुले गुरु व्यास प्रति आदर र सम्मान प्रकट गर्दै आराधना गरिन्छ ।  तर यो बर्ष न हामीले हाम्रो गुरुलाई भेट्न पायौं न त हाम्रो विद्यार्थीले हामीलाई भेट्न पाए । त्यसैले यस्तो भर्चुअल कार्यक्रम गरि गुरुहरु प्रति सम्मान व्यक्त गरेका छौं ।’  

कार्यक्रमका प्रमुख अतिथि एवम् विद्यालयका संस्थापक प्राचार्य होमनाथ शर्मा पौडेलले विद्यालयले सामाजिक उत्तरदायित्व महसुस गरि निःशुल्क कक्षा संचालन गर्नु एकदमै उदारणीय भएको बताए । पौडेलले भने, ‘यो अफ्ठ्यारो परिस्थितिमा विद्यालयले नियमित रुपमा विद्यार्थीलाई सहज हुने खालको रिभिजन कक्षा, अतिरिक्त कार्यक्रम, कविता प्रतियोगिता गरेको छ । यो एकदम प्रसंशा गर्न लायकको काम हो ।’

शैक्षिक उत्कृष्टता एवम् गुणस्तर शिक्षा कायम राखेको यस विद्यालयले हरेक वर्ष गुरु पुर्णिमा मनाउदै आएको छ । ‘असार शुक्ल पूर्णिमाका दिन हरेक वर्ष गर्दै आएको यस्तो कार्यक्रमले शिक्षक र विद्यार्थीहरुलाइ एक अर्कासंग अझ नजिक बनाउने गर्छ । लकडाउनले दुरी टाढा गराएको थियो । यस कार्यक्रमले हामीलाई पुनः जोडेको छ ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल राज सापकोटाले भने । विद्यार्थीहरुको तर्फबाट उक्त्त कार्यक्रममा सजिन सुनार, एन्जिलिना सेन्चुरी, र रिद्दी सिंहले गित गाए भने प्रतिक्षा सुबेदीले आफ्नो कविता सुनाएका थिए ।

प्रकाशित: २१ असार २०७७ १६:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App