७ वैशाख २०८१ शुक्रबार
शिक्षा

कक्षा ११ को परीक्षा नहुने, मूल्यांकनको जिम्मेवारी विद्यालयलाई

कोरोना महामारीका कारण बन्दाबन्दी भएपछि स्थगित  भएको माध्यामिक शिक्षा परीक्षा कक्षा ११ को मूल्याकनको जिम्मा पनि विद्यालयलाई दिने सरकारी निर्णय भएको छ।  

राष्ट्रिय पाठ्यक्रम तथा मूल्याकन परिषदको असार १९ गते बसेको बैठकले कक्षा ११  को अन्तिम परीक्षाको मूल्याकनको जिम्मेवारी स्कुललाईनै दिने निर्णय गरेको पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईले बताए। प्रवक्ता भट्टराईले बन्दाबन्दी लामो समयदेखि जारी रहेको र विद्यार्थीको शैक्षिक सत्रलाई जोगाउन परिषदले यसपालिको परीक्षा विद्यालयलाईनै मूल्याकन गर्ने जिम्मेवारी दिने निर्णय गरेको जनाए। ‘परिषदले निर्णय कार्यन्वयनकोलागि राष्ट्रिय परीक्षा बोर्डमा पठाइसकेको छ,’ प्रवक्ता भट्टराईले भने ‘अब बोर्डले कार्यविधि बानाएर अघि बढ्छ।’ बोर्डका सदस्य सचिव दुर्गा अर्यालले कार्यविधि तयारीबारे बोर्डले छलफल गरिरहेको बताए।  

‘कक्षा ११ को हकमा समेत बोर्डले स्कुललाईनै परीक्षाको मूल्यांकनको जिम्मेवारी दिने गरी तयारी गरिरहेको छ ,’सदस्य सचिव अर्यालले भने ‘कार्यविधि बनाउने कामकोलागि सरोकारवालासँग छलफल भइरहेको छ।’ उनले थपे ‘एसइईकै अनुसार वा अन्य नयाँ परीक्षा मोडेलमा जानेबारे छलफल भइरहेको छ।’ यस वर्ष कक्षा ११ मा साढे चार लाख विद्यार्थी परीक्षा दिने छन्। सरकारको यो निर्णयले साढे चार लाख विद्यार्थीको परीक्षाको अन्योलता हट्ने छ।

 

प्रकाशित: २१ असार २०७७ ०६:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App