७ वैशाख २०८१ शुक्रबार
शिक्षा

तुलसीपुरका ३२ सामुदायिक विद्यालय समायोजित

दाङको तुलसीपुर उपमहानगरपालिकाका ३२ सामुदायिक विद्यालय गाभिएका छन्। उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख भाष्कर गौतमका अनुसार एक सयभन्दा कम विद्यार्थी भएका र दुई विद्यालयबीच आधा घण्टाको दूरी भएका विद्यालय गाभिएको हो। गत आर्थिक वर्र्ष २०७५/०७६ मा १३  र चालु आवमा १९ विद्यालय गाभिएको उनको भनाइ छ।

अहिले सामुदायिक विद्यालयमा विद्यार्थी कम हुनाका साथै आवश्यकतानुसार शिक्षककर्मचारी नहुने भएकाले  गाभिएपछि त्यो समस्या हट्ने उनले बताए। सामुदायिक विद्यालय गाभिएपछि  विद्यार्थी  बढ्ने तथा शिक्षक व्यवस्थापन र पूर्वाधार विकासमा  सहज हुने जनाइएको छ।  

विद्यालय गाभिएपछि जुन विद्यालयमा गाभिएको हो सोही विद्यालयलाई सङ्घीय सरकारले २५ लाख रुपैयाँ अनुदान समेत उपलब्ध गराउने छ। उक्त अनुदानबाट यातायातको समस्या भएका क्षेत्रका विद्यार्थीका लागि आवश्यक गाडीको व्यवस्थापन गर्न सकिने, पूर्वाधार विकासमा सहज हुने र  विद्यार्थीमैत्री शिक्षा दिन सहज हुने उनको भनाइ छ। 

प्रकाशित: १८ असार २०७७ ०५:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App