coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

प्युठान नगरपालिकाले शुरु गर्‍यो निःशुल्क शिक्षा

प्युठान नगरपालिकाले चालू आर्थिक वर्षमा नगर क्षेत्रमा कक्षा १ देखि १० सम्म निःशुल्क शिक्षा कार्यक्रम लागु गरेको छ। यसका लागि नगरपालिकाले चालू आव २०७६/७७ को बजेटमार्फत आवश्यक व्यवस्था मिलाएको जनाएको छ।  

शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सो नगरपालिकाले भर्ना अभियानका क्रममा शुल्क तिरेका विद्यार्थीलाई रकम फिर्ता गर्नेगरी सामुदायिक विद्यालयका खातामा रकम जम्मा गरिदिएको छ। हालसम्म ३४ वटा सामुदायिक विद्यालयका खातामा रकम जम्मा गरिएको नगरपालिकाका शिक्षा स्रोत व्यक्ति विष्णु पोखरेलले बताए।

निःशुल्क शिक्षाकै लागि नगरपालिकाले ती विद्यालयका लागि ६३ लाख रुपैयाँ उपलब्ध गराएको उनको भनाइ छ। १८ वटा प्राथमिक विद्यालयले निःशुल्क भर्ना गराएका थिए भने अन्य ९ वटा माध्यमिक, १८ वटा आधारभू र ७ वटा प्राथमिक विद्यालयको खातामा रकम जम्मा गरिएको उनले जानकारी दिए।  

विद्यालयको खातामा जम्मा भएको रकम बन्दाबन्दीले विद्यार्थीलाई बाड्न नसकिएको उनले बताए। बन्दाबन्दी अन्त्य भएपछि जनप्रतिनिधि, सरोकारवाला र अभिभावकको रोहवरमा विद्यार्थीलाई रकम फिर्ता गरिने उनको भनाइ छ।  

नगरभित्रका सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि तीन वर्षको नगर शिक्षा योजना अघि सारिएको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए। शिक्षा योजनामार्फत भौतिक पूर्वाधार, शिक्षाको गुणस्तर वृद्धि, एक वडा एक नमूना विद्यालय, प्रविधिमैत्री विद्यालय बनाउनका लागि चालू आवमा कामहरु भइरहेको उनको भनाइ छ। शिक्षाको गुणस्तर अभिवृद्धि गराउने उद्देश्यले शिक्षक कमी भएका विद्यालयमा अनुदानमा शिक्षक राखिएको छ। नगरपालिकाले चालू आवमा शिक्षक अनुदानका लागि एक करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। 

अनुदानमा राखिएका शिक्षकहरुले प्रावि तह १२ हजार रुपैयाँ, निमावि तह १५ हजार रुपैयाँ र मावि तह २५ हजार रुपैयाँ मासिक पाउने छन्। नगरपालिकाले ती तहका विद्यालयका लागि ७० जना अनुदानमा शिक्षक भर्ना गरेको उनले जानकारी दिए।  

प्रकाशित: ८ असार २०७७ १२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App