७ वैशाख २०८१ शुक्रबार
शिक्षा

सामुदायिक विद्यालय निजीलाई सुम्पन खोजिएको होइन : अर्थमन्त्री

बजेटमा उल्लिखित ‘एक निजी विद्यालयले एक सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि जिम्मेवारी वहन’बारे  प्रतिनिधिसभाको आजको बैठकमा स्पष्ट पार्दै अर्थमन्त्री डा. युवराज खतिवडाले  सामुदायिक विद्यालय निजी क्षेत्रलाई सुम्पन्न नखोजिएको बताएका छन् ।

खतिवडाले निजी विद्यालयको एक प्रतिशत शिक्षा सेवा शुल्कको रकम सामुदायिक विद्यालयको पूर्वाधार विकासमा खर्च गराउने सोचअनुसार उसको सामाजिक उत्तरदायित्व र सहकार्यको वातावरण विकासका लागि सो प्रस्ताव गरिएको बताए ।

 उनले सामुदायिक विद्यालयको स्तर सुधार्ने र माविसम्म निःशुल्क अनिवार्य बनाउँदै जाने भन्नेमा द्विविधा नरहेको र सामुदायिक विद्यालय निजी क्षेत्रलाई हस्तान्तरण गर्न नखोजिएको प्रस्ट पारे ।  

प्रकाशित: १९ जेष्ठ २०७७ ०७:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App