coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बन्दै

काभ्रे /ज्योति श्रेष्ठ

स्कुलमा पढाई भइरहेकै बेलामा सामान्य टाउको दुखेमा, पेट दुखेमा विद्यार्थी घरै जानुपर्ने बाध्यता अभैm पनि छ । यो समस्या नेपालका अधिंकाश सामुदायिक विद्यालयका विद्यार्थीहरुले भोग्नुपरेको छ । केही वर्ष अघिसम्म काभ्रेको बेथानचोक गाउँपालिका वडा नं २ ढुंखर्कमा रहेको पार्वती मा.विका विद्यार्थीहरुले पनि यस्तै समस्या भोगेको थिए । तर बागमती सरकारले सञ्चालन गरेको एक विद्यालय एक नर्स कार्यक्रम त्यहाँ पुगेपछि भने त्यो समस्यामा कमी आएको विद्यालयको जानकारी छ ।  

केही वर्ष अघिसम्म विद्यालयका अधिकांश विद्यार्थीहरुलाई पेट दुख्ने समस्या थियो । पेट दुखेकै कारण पढाई बिचमै छाडेर घर जाने गर्थे । त्यस्तै विद्यार्थीलाई सामान्य घाउ चोट लाग्यो भने, स्वास्थ्य चौकी र अस्पताल दौडाउनुपथ्र्यो । त्यस्तै विशेष गरेर किशोरीहरुले महिनावारीको समस्या धरै भोग्नु परेको थियो । विद्यालयमा महिनावारी भएमा पढाई नै छोड्नुपर्ने अर्को समस्या थियो । महिनावारीकै कारण उनीहरुको धेरै दिन पढाई छुट्ने गथ्र्यो । तर विगत दुई वर्षदेखि विद्यालयमा यस्ता समस्या नभएको विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद शर्मा बताउँछन् ।  उनका अनुसार एक विद्यालय एक नर्स  कार्यक्रम सञ्चालन भएसँगै विद्यालयका सम्पूर्ण गतिविधिमा परिवर्तन आउनुको साथै  समग्र विद्यालयको प्रगती भएको छ । ‘यो कार्यक्रमले विद्यालयमा मात्र नभइमा सिंगो सकारात्मक परिवर्तन ल्याएको छ,’ उनले भने, ‘विद्यार्थीले मात्र नभइ अभिभावकले पनि सरसफाईमा विशेष ध्यान दिन थालेका छन् । शौचालय गएपछि साबुनपानीले हात धुने अभ्यास भएको छ ।’ कार्यक्रमले गर्दा विद्यार्थी अनियमितता पनि हटेको उनले बताए । विगतमा वार्षिक रुपमा ५ प्रतिशत विद्यार्थीले विद्यालय छोड्ने गरेको विद्यालयको जानकारी छ ।  

बागमती प्रदेशले सञ्चालन गरेको एक विद्यालय एक नर्स अन्र्तगतको पहिलो चरण कार्यक्रममा प्रदेशका २० विद्यालय छनौट भएका थिए । प्रदेशको मापदण्ड अनुसार आफ्नो विद्यालय पनि छनौटमा परेको प्रधानाध्यापक शर्माले बताए । मापदण्डबारे बताउँदै शर्माले भने, ‘नमूना विकास, भौतिक पूर्वाधार, विद्यार्थी सङ्ख्या सबै कुराले गर्दा विद्यालय छनौटमा परेको हो ।’ कार्यक्रम सञ्चालनमा आएसँगै विद्यालयमा हेल्थ क्लब, अभिमुखिकरण, विद्यार्थीको नियमित स्वास्थ्य चेकजाँच गरि हेल्थ प्रोफाइल जस्ता गतिविधि सुचारु भएको विद्यालयले जनाएको छ । विद्यालयका अनुसार विद्यालयको स्वास्थ्य स्थितीबारेमा कक्षागत रुपमा विद्यार्थीका अभिभावक विद्यालयमा बोलाई जानकारी गराउने गरिएको छ ।  

विद्यालयमै नर्स भएपछि विद्यार्थीहरुको स्वास्थ्यमा सुधार आएको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक प्रमोद तिमिल्सिना बताउँछन् । उनका अनुसार यो कार्यक्रम लागु भएसँगै स्वास्थ्य समस्याले कुनै विद्यार्थीको पढाई छुटेको छैन । कुनै विद्यार्थी पढाई भइरहेकै बेलामा स्वास्थ्य समस्याले गर्दा घर फर्कनु परेको छैन । एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी भएको बताउँदै तिमिल्सिनाले भने, ‘अहिले अभिभावकहरु आफ्नो बालबच्चाको पढाई मात्र नभएर स्वास्थ्य स्थिती बारेमा बुझ्नको लागि पनि विद्यालय आउने गर्नुभएको छ । विद्यार्थीसँगै अभिभावकले पनि स्वास्थ्य र सरसफाईमा विशेष ध्यान दिन थालेका छन् ।’

एक विद्यालय एक नर्स कार्यक्रम किशोरीहरुको लागि निकै नै फलदायी भएको बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तिमिल्सिनाले बताए । उनका अनुसार कार्यक्रम किशोर किशोरी , बालबालिका मात्र नभएर अभिभावकहरुलाई पनि प्रभावकारी भएको छ । यसले सबैलाई स्वास्थ्यप्रति सचेत बनाएको छ । ‘यो कार्यक्रमले किशोरीहरुको स्वस्थ्य सुरक्षित बनाएको छ,’ उनले भने,‘विशेष गरेर किशोरीहरुले महिनावारीको समस्या बारे खुलेर भन्ने सकिरहेका हुदैँनन् । महिलाको समस्या महिलाले नै बुझ्ने भएकाले किशोरीहरुले आफ्ना समस्या नर्ससँग निर्धक्क राख्न सक्ने भएका छन् । उनीहरु आफ्नो स्वास्थ्यको ख्याल आफै राख्न सक्ने भएका छन् ।’

यो कार्यक्रम माध्यमिक तहका विद्यार्थीहरुको धेरै नै प्रभावकारी भएको अध्यक्ष तिमिल्सिना बताउँछन् । उनका अनुसार गाउँपालिकामा माध्यमिक तहका १० वटा विद्यालय रहेका छन् । ती विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिएको छ । यस विषयमा गाउँपालिकाले चाँडै नै योजना बनाउने अध्यक्ष तिमिल्सिना बताउँछन् ।  

विद्यालयमा कार्यक्रम सञ्चालन भएको दुई वर्ष भयो । किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधारको आवश्यकता महसुस गरी बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालनमा ल्याएको थियो । विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुराका साथै स्वास्थ्य सरसफाई र पोषण प्रबद्र्धन गर्न विद्यालयमा नर्स राख्ने कार्यक्रम मन्त्रालयले गरेको थियो । कार्यक्रम प्रभावकारी देखिएको खण्डमा थप विद्यालयमा पनि कार्यक्रम सञ्चालन गर्नेे योजना मन्त्रालयको थियो ।  

गाउँपालिकामा सञ्चालनको भएको कार्यक्रम प्रभावकारी भएसँगै गाउँपालिकाका थप ३ विद्यालयमा पनि कार्यक्रम सञ्चालन गर्नको लागि मन्त्रालयले परिपत्र गरेको गाउँपालिकाका अध्यक्ष स्वास्थ्य शाखा संयोजक तिमिल्सिनाले बताए । ‘परिपत्र अनुसार विद्यालय छनौटको प्रक्रिया भइरहेको छ,’ ‘ तोकिएको निश्चित मापदण्ड अनुसार विद्यालय छनौट गर्नुपर्ने हुन्छ । कुन विद्यालय छनौट गर्ने भनेर छलफल भइरहेको छ ।’

बेथानचोकमा सञ्चालन भएको उक्त कार्यक्रम पाइलटिङ्गको लागि गरिएको जिल्ला शिक्षा विकास समन्वय इकाईका प्रमुख गोकर्णध्वज कार्कीले बताए । उनका अनुसार त्यहाँ कार्यक्रमको प्रभावकारीता बढेसँगै अहिले थप तीन वटा विद्यालयमा सञ्चालन गरिएको भएको छ । यो कार्यक्रम केही समय पछि जिल्लाका अरु स्थानीय तहका सामुदायिक विद्यालयमा पनि क्रमशः सञ्चालन गर्दै लैजाने प्रमुख कार्कीले जानकारी दिए ।  

प्रकाशित: ७ जेष्ठ २०७७ ०९:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App