coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

लकडाउनको असर र क्षतिको अध्ययन हुँदै

वीरेन्द्रनगर – कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले चैत ११ गतेदेखि लगाएको बन्दाबन्दी (लकडाउन)ले उद्योग, व्यापार, व्यवसायका क्षेत्रमा पारेको असर र क्षतिको मूल्यांकन हुने भएको छ ।सुर्खेत उद्योग वाणिज्य संघले उक्त असर र क्षतिको अवस्था मूल्यांकन गर्ने भएको हो ।

वीरेन्द्रनगरमा बसेको बैठकले लकडाउनको असर र क्षतिको अवस्था मूल्यांकन गर्न संघका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काको संयोजकत्वमा एक समितिसमेत गठन गरेको छ । उक्त समितिले उद्योग, व्यापार, व्यवसाय क्षेत्रमा परेको प्रभावबारे अध्ययन गरी सात दिनमा रायसुझाव दिनेछ ।

‘समितिले सात दिनभित्र सुर्खेतको व्यापार तथा उद्योग क्षेत्रमा परेको प्रभाव, क्षतिबारे सूक्ष्मरूपमा अध्ययन गर्छ,’ संघका वरिष्ठ उपाध्यक्ष खड्काले भने, । उद्योग वाणिज्य संघका साथै राजनीतिक दल, नागरिक समाज र उद्योग वाणिज्य संघका विभिन्न वस्तुगत समितिका संयुक्त भेलाले विशेष समिति गठन गर्न गरेको संघका पूर्वअध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए ।

प्रकाशित: ४ जेष्ठ २०७७ १२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App