coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

तलब खुवाउनका समस्या भएको भन्दै चार जना शिक्षक जागिरबाट निकालिए

तलब खुवाउनका समस्या भएको भन्दै दाङको एक सामुदायिक विद्यालयले चार शिक्षकलाई निष्काशन गरेको छ। घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुरस्थित गंगा माध्यामिक विद्यालयले दुईजना मावि र दुई जना प्रावि तहका नीजी शिक्षकलाई वैशाख १ गतेदेखि लागु हुने गरि निष्काशन गरेको हो। यो विद्यालयमा मावि तहमा अध्यापन गराइरहेका पत्रकारीता बिषयका शिक्षक सन्तोष सुवेदी, स्वास्थ्य विषयका बबीता रेग्मी र आधारभुत तहका पुष्पा चौधरी र होमा ढकाललाई सेवा मुक्त गरिएको बिद्यालयले जनाएको छ।

‘हामीहरुलाई पहिले देखिनै राम्रो व्यवहार गरिएको थिएन, पेलेरै जान खोजिएको थियो,’ निष्काशन गरिएकी शिक्षक बबीता रेग्मीले भनिन् ‘एकाएक बर्खास्त गरियो, हामीलाई कुनै जानकारी नै दिइएन।’ मावि तहका शिक्षक सुवेदी र रेग्मी मात्रै नीजी स्रोत शिक्षक हैनन्। मावि तहकै अर्का एक शिक्षकलाई भने कायमै राखेर दुईजनालाई मात्रै निष्काशन गरिएको छ।

‘मावि तहका तीन जना शिक्षक नीजी स्रोतमा थियौँ, तर हामी दुईजनालाई मात्रै निकालियो,’ उनले भनिन् ‘अर्को एकजनालाई किन निकालिएन त ? यहिँबाटै प्रष्ट हुन्छ नि प्रतिशोध साँधेर हामीमाथि अन्याय गरियो।’ पत्रकारीता बिषयका शिक्षक सनतोष सुवेदी उक्त विद्यालयमा १० वर्षदेखि कार्यरत थिए भने स्वास्थ्य विषयकी शिक्षक रेग्मी ६ वर्षदेखि कार्यरत थिइन्। रेग्मीका अनुसार घोराही उपमहानगरपालिकाका वडा अध्यक्ष तथा बिद्यालय व्यवस्थापन समितिका पध्यन्न सदस्य केशव आचार्यले उनीहरुमाथि प्रतिशोध राख्दै आएको आरोप छ। उनले पटक पटक जागिरबाट निष्काशन गरिदिने भन्दै मानसिक तनाव दिँदै आएको रेग्मीले बताइन्। ‘कहिले पीरियड घटाइदिने, राम्रो काम भएन भनेर जागिरबाट हटाइदिने जस्ता मानसिकता तनाव दिईँदै आइएको थियो,’ उनले भनिन् ‘तथापि हामीहरुले जेनतेन काम गर्दै आएका थियौँ।’

विद्यालयका प्रधानाध्यापक शशीधर उपाध्यायले चारजना शिक्षकलाई निष्काशन गरिएको स्वीकार गरे। विद्यालय व्यवस्थापन समितिको बैठकले तलव खुवाउनका लागि आर्थिक स्रोत नभएको, दरबन्दी मिलानका क्रममा थप चारजना शिक्षक थपिएपछि नीजी स्रोतमा रहेका उनीहरुलाई बिदाई गर्ने निर्णय गरेको जानकारी दिए। ‘विद्यालयको आर्थिक स्रोत छैन, जग्गा जमिन छैन, कसरी उहाँहरुलाई तलव खुवाउने ?’

विद्यालयका प्रधानाध्यापक उपाध्यायले भने ‘अनि उहाँहरुलाई बिदाई गर्ने व्यवस्थापन समितिले निर्णय गरेको हो।’ यसैगरि घोराही नगर शिक्षा समितिले दरबन्दी मिलानका क्रममा चार शिक्षक विद्यालयमा थपिदिनु निष्काशनको अर्को करण रहेको उनको भनाई छ। तर उनकै भनाइले नियतवस् शिक्षक निष्काशन गरेको पुष्टि हुन्छ।  

उनले बिषयगत शिक्षक निष्काशन गरेपछि सामाजिक तथा नेपाली बिषयका शिक्षकहरुले पठनपाठन गर्ने बताए। पत्रकारिता बिषयका शिक्षक सन्तोष सुवेदीलाई समेत निष्काशन भएपछि पत्रकारिता बिषयको पठापाठन नेपाली वा सामाजिक बिषयको शिक्षकले गर्नेगरि मिलाइने विद्यालयका प्रधानाध्यापक उपाध्यायले बताए।  

‘सरकारले दरबन्दी दिन्न, नीजी स्रोतमा राखिएका शिक्षकहरुलाई विद्यालयले तलव खुवाउन सक्ने अवस्था हुन्न,’ उनले भने ‘पत्रकारिता बिषयको पठनपाठन नेपाली वा सामाजिक विषयको शिक्षकबाट पठनपाठन गर्ने गरी मिलाउँछौँ।’ फरक विषयको शिक्षकले गरेको पठनपाठन कतिको प्रभावकारी होला त ? प्रधानाध्यापक उपाध्यायले जवाफ दिए ‘एकपक्षीय प्रश्न नसोध्नुस्, फरक विषयको शिक्षकले पनि पढाउने वातावरण हामी मिलाउँछौँ।’

प्रधानाध्यापकले चारजना शिक्षकहरु नगर शिक्षाबाट थपिएको बताए पनि उनीहरु प्रावि तहका हुन्। तर यिनैलाई कारण देखाएर मावि तहका शिक्षकहरु समेत हटाइएको पीडित शिक्षकहरुले बताएका छन्। ‘थपिएका चारजना शिक्षक त प्रावि तहका हुन्,’ अर्का पीडित शिक्षक सुवेदीले भने ‘हामी माविका दुईजनालाई निकाल्नुको कारण के हो त ? यसमा सतप्रतिसत राजनीतिकरण गरिएको हो।’

प्रकाशित: २ जेष्ठ २०७७ ०५:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App