९ आश्विन २०७७ शुक्रबार
शिक्षा

सामुदायिक विद्यालयका लागि ताप्लेजुङ आई पुग्यो पाठ्यपुस्तक (अपडेट)

स्टेशनसरी व्यवसायी महासंघले ताप्लेजुङका सामुदायिक बिद्यालयका लागि ल्याएर भण्डारण गरी राखेको पाठ्यपुस्तक । तस्बिर : खगेन्द्र / नागरिक ।

सामुदायिक बिद्यालयहरुका लागि पुस्तक तथा स्टेशनसरी व्यवसायी महासंघको ताप्लेजुङ शाखाले १ हजार थान पुस्तक ल्याएको जनाएको छ ।  महासंघका ताप्लेजुङ शाखा अध्यक्ष दिनेश भट्टराईका अनुसार कक्षा १ देखि १० का सबै बिषयहरुको १–१ हजार थान पुस्तक यहाँ आई पुगेको हो । 

महासंघले जनक शिक्षा सामग्री केन्द्रबाट पाठ्यपुस्तक ल्याउने गरेको छ । बालबालिकाले घरमै बसेर पनि पढ्ने र अभिभावक तथा स्थानीय शिक्षकले कुनै न कुनै माध्यमद्धारा पढाईमा सहजीकरण गर्न सक्ने भएकोले लक डाउनकै बीच पनि पुस्तक ल्याईएको भट्टराईले बताए ।

 फुङ्लिङ आई पुगेको पुस्तक लैजान जिल्लाभरका बिद्यालयहरुलाई स्टेशनरी व्यवसायी महासंघले आह्नवान समेत गरेको छ । भट्टराईले फुङ्लिङबाट आफैं ढुवानी गरी गन्तव्यसम्म पुस्तक लैजान सबै बिद्यालयहरुलाई आवहन समेत गरेका छन् ।  

यहाँ सामुदायिकतर्फ २ सय १३ प्राथमिक तह,६७ निम्न माध्यमिक तह र ५५ वटा माध्यमिक तह सञ्चालन भएका बिद्यालय छन् । पछिल्लो समय कक्षा १ देखि ८ सम्म सञ्चालन भएका बिद्यालयलाई आधारभूत र कक्षा ९ देखि १२ सम्म सञ्चालन भएका बिद्यालयलाई माध्यमिक भनिन्छ ।

प्रकाशित: २ जेष्ठ २०७७ १०:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App