८ वैशाख २०८१ शनिबार
शिक्षा

फ्युजमेसिन्सद्वारा एआइयुक्त शैक्षिक प्ल्याटफर्म फ्युज क्लासरुम सुरु

काठमाडौं- फ्युजमेसिन्सले फ्युज क्लासरुम थालनी गरेको घोषणा छ। विज्ञप्ती जारी गरि फ्युज क्लासरुम थालनी गरेकाे घोषणा गरेको हो। फ्युजमेसिन्स एक अग्रणी एआइ सीप तथा शैक्षिक समाधान प्रदायक र एआइ प्ल्याटफर्म हो, जसले शैक्षिक संस्थाहरूमा रुपान्तरण ल्याउने विश्वास लिइएको छ।

फ्युज क्लासरुम विद्यार्थीलाई ध्यानमा राखेर र अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेनससँग मिलाएर तयार पारिएको हो। एआइ, मोबाइल र वेब एप्लिकेसन प्रविधिले सहजै स्कुललाई एआइ युगमा प्रवेश गराउने छ। यो प्ल्याटफर्मले विद्यार्थीलाई रचनात्मक अनलाइन सिकाइ अनुभव दिने छ भने यसमा प्रगति अनुगमन, प्रश्नको जवाफ र पाठ्यक्रममा विद्यार्थीलाई आवश्यक सहयोग दिन सक्नेगरी एआइ विशेषताहरू समावेश गरिएको छ। फ्युजक्लास रुमले कक्षाकोठा बाहिरका शैक्षिक परामर्श, समुदाय निर्माण र अलुम्नाइ जस्ता अन्य स्कुल गतिविधिलाई समेत मद्दत गर्ने छ। फ्युजक्लास रुमले समग्र स्कुल अनुभवलाई अन्य विविध आयामहरूमा एआइको प्रयोगमार्फत रुपान्तरणतर्फअग्रसर गराउने छ।

फ्युजमेसिन्सका संस्थापक एवं सिइओ समीर मास्के भन्छन्, 'फ्युजमेसिन्सको मुख्य उद्देश्य एआइको लोकतन्त्रीकरण हो। हामी यो विश्वलाई एआइ प्रयोग गरी कसरी थप राम्रो बनाउन सकिन्छ भनेर निरन्तर सोचिरहेका छौं। एक वर्ष भन्दा अगाडिदेखि हामीले विद्यार्थीहरूका निम्ति उपयोगी अनलाइन सिकाइ अनुभव गर्न सक्ने र कक्षाकोठा भन्दा बाहिर पनि स्कुलका प्रमुख क्रियाकलापलाईअगाडि बढाउन सकिने किसिमको शैक्षिक प्ल्याटफर्म निर्माणको काम थालेका हौं।'

कोभिड– १९ को संक्रमणपछि निर्धारित कार्यतालिका भन्दा पहिल्यै स्कुलहरूलाई आवश्यक परेको यो सहयोगका लागि फ्युज क्लासरुम थालनी गर्ने निर्णय यसले गरेको छ। मेसिन्स्ले विद्यार्थीको वैयक्तिक सिकाइ र परामर्शसहित सिकाइ अनुभवमा सुधार ल्याउने विश्वास लिइएको छ। यसले आफूहरलाई निश्चित रुपमा उत्साहित तुल्याएको संस्थापक मास्के बताउँछन्।

फ्युजमेसिन्स अग्रणी एआइ शैक्षिक तथा सीप सम्बन्धी समाधान प्रदायक हो। सो संस्थालाई फ्युजमेसिन्स् डा.समीर मास्केले स्थापना गरेका हुन्। उनी कोलम्बिया युनिभर्सिटीका सहप्राध्यापकका रुपमा समेत कार्यरत छन्। फ्युजमसिन्स्का नेपाल, अमेरिका, क्यानाडा र डोमिनिकन गणतन्त्रसमेत चार मुलुकमा रहेका कार्यालयमा २५० पूर्णकालीन कर्मचारीले काम गर्छन्। फ्युजमसिन्स्ले संसारभरिका शैक्षिक संस्थामा एआइ सम्बन्धी विश्वव्यापी विशेषज्ञता पुर्‍याउन लक्ष्य लिएको छ।

 

प्रकाशित: १२ वैशाख २०७७ ०५:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App