८ वैशाख २०८१ शनिबार
शिक्षा

प्रज्ञा बृहत नेपाली शब्दकोषमा कोरोनासँग सम्बन्धित नयाँ प्राविधिक शब्दहरु राखिदै

काठमाडौं, - चिनको वुहान सहरबाट फैलिएको कोरोना (कोभिड१९) महामारीका कारण चलनचल्तीमा आएका नयाँ प्राविधिक शब्दहरु नेपाली शब्दकोषमा थप्न नेपाल प्रज्ञा प्रतिष्ठानले सम्पुर्ण तयारी गरेको छ । हाल चलनचल्तीमा आएका थुप्रै नयाँ शब्दशरुलाई अबका पुस्ताले बुझुन र समझिउन भन्ने उदेश्यले प्रतिष्ठानले नयाँ शब्दहरु थपिने तयारी गरेको प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतिले बताए । हाल कोरोना , कोभिड१९, लकडाउन, क्वारेन्टाइन, आइसोलेसन, होम क्वारेन्टाइन, रेपिड टेस्टीङ किट, भाइरस, सोसियल डिस्टेन्स, ट्रकिङलगाएतका चलनचल्तीमा रहेका कोरोना महामारीसँग जोडिएका शब्दहरु थपिने तयारी अन्तिम चरणमा पुगेको कुलपति उप्रेतिले बताए । उनले हाल मेडियामा आएका शब्दहरुलाई समेत पहिचान गरी नेपाली समुदायमा चलनचल्तीमा रहेकोलाई समेत समेट्नकोलागि संकलन कार्य सुरु भएको जनाए । कुलपति उप्रेतिले हाल लकडाउनलाई थुप्रैले नेपालीमा अनुवाद गरी  बन्दाबन्दी भनेर प्रयोग गरिरहेको भए पनि कोरासँग जोडिएकोले बन्दाबन्दीले वास्तविक अर्थ नबोकेको बताए । 

‘सोसियल डिस्टेन्सको अर्थ समाजिक दुरीले वास्तविक अर्थ बोल्दैन,’ कुलपति उप्रेतिले नागरिकसँग भने ‘यसको सही अर्थ अब हामी प्रज्ञा बृहत नेपाली शब्दकोषमा सोसियल डिस्टेन्सको अर्थ कोरोना महामारिसँग बच्नको निम्ति एक मिटरको दुरी कायम गर्ने भनेर राखेका छौं ।’ उनले थपे ‘ कोरोनासँग जोडिएको अर्को चलनचल्तीको शब्द ट्रसिङलाई शब्दकोषमा खोजतलास भनी राखिएको छ । हाल चिनले बनाउदै गरेका कोरो रोकथामका खोप,भ्याक्सीन र औषधीका नामहरु समेत राख्ने प्रतिष्ठानको तयारी छ ।’ उनका अनुसार यति मात्र होइन विगतमा देखा परेका नयाँ रोगहरु इबोला, सार्स, सुनामी, पेन्डामिन जस्ता थुप्रै नयाँ शब्दहरु नेपाली समुदायमा प्रयोगमा छ तर शब्दकोषमा छैन । त्यही भएर प्रतिष्ठानले यस्ता नयाँ शब्दहरु संकलन गरिरेको छ। 

‘लकडाउन भए पनि प्रतिष्ठानको आन्तरिक काम भइरहेको छ । हामीले हाल एक लाख २५ हजार शब्दहरु संकलन गरिसकेका छौं ,’ कुलपति उप्रेतिले नागरिकसँग भने ‘हाल हाम्रो शब्दकोषमा ६० हजार पहिलेका शब्दहरु मात्र छन् । हाल नेपाली समुदायमा प्रचलित शब्दहरु संकलन कार्य सुरु भइसकेको छ । विभिन्न स्थानीय क्षेत्रमा प्रयोग भएका स्थनीय भाषिकाका शब्दहरु, बहुजातिय र अन्तरजातिय सन्दर्भमा प्रयोग भइरहेका खानपान, संस्कृति, रहन सहन,धार्किक शब्हरुसमेत संकलन गरि डेढ लाख शब्द सहितको डिजिटल र प्रिन्टि दुबै खाले शब्दकोष तयारी भइसकेको छ । अब बाहिर ल्याउने तयारीमा छौं।’

पठनपाठन, बोलिचालि तथा सम्पर्क भाषा नेपाली नै हो । यसको स्थान फराकिलो हुदै छ। त्यही भएर यस्ता  प्रचलितका शब्दलहरु शब्दकोषमा राख्न अति आवश्यक परेको प्रतिष्ठानका  काब्य विभाग प्रमुख डा. हेमनाथ पौडेलको दाबी छ । उनले हाल जोकोहि पनि घरमा बसेर आफु आइसोलेसनमा बसेको भनेर लेख्दै छन् र बोल्दै छन् । तर त्यो विलकुल गलत हो । डा. पौडेलका अनुसार आइसोलेसन भनेको  विरामी प्रमाणित भएपछि छुन नहुने अवस्थामा छुटै राखेर रेखदेख गर्नुलाई भनिन्छ । उनका अनुसार हालको शब्दकोषमा भाइरसको अर्थ जिवाणु उल्लेख छ । तर तर त्यो गलत उल्लेख गरिएको रहेछ । अब पुन मुद्रण हुने शब्दकोषमा भाइरसको अर्थ विषणू राखिएको छ । उनले अब को शब्दकोषको एप्स समेत तयारी भइसकेको छ । 

‘डिजिटलको युगमा हाम्रो शब्दकोषको एप्स नभएर यसको पहुँच सबै तिर नभएको प्रतिष्ठानलाई महसुस भएर शब्दकोषको एप्सनै बनायौं , परीक्षण समेत भइसक्यो,’डा. पौडेलले नागरिकसँग भने ‘ नेपाली शब्दको उत्पति भएको ३७ वषए पछि हामीले शब्दकोष एप्स तयार पारेका छौं । अब लकडाउन खुल्नसाथ मुद्रणकोलागि प्रेस र एप्स डाउनलोड गर्न सक्ने आइटिसम्म पुग्छ ।’ उनी थप्छन्‘नयाँ शब्दकोष एप्स बाट पाठकले मोवाइलमै सबै हेर्न सक्छन् । शब्दकोषमा भूगोल, मातृभाषा, मेडियामा चलेका शब्दहरु फेसबुक, म्यासेन्जर, भाइवर, ह्वाट्एप, स्काइप, अनलाइन मिटिङ जस्ता नेपाली समुदायमा चलनचल्तीमा रहेका शब्दहरु थप संकलन भएको छ । अबका नयाँ पुस्ताले यस्ता सबै शब्दहरु नेपालीमै बुझुन् ।’ उनले थपे ‘कोरोकोको अर्थ शब्दकोषमा चाइनाको वुहान प्रान्तबाट उत्पति भएर विश्वभरि फैलिएको महामारी विषाणु भनिएर उल्लेख गरिन्छ ।’ विगतमा क्वाराइन्टेनको अर्थ गाइबस्तु, पशुपंक्षी  आयत निर्यात गर्दाृ छुटै राखेर ल्याउनेलाइ भन्ने गरिन्थ्यो । अब यसको अर्थ कोरोनाको सवालमा भने एकान्तवास भन्ने बुझिएको छ। यही आधारमा शब्दकोषमा राखिने उनले बताए । 

 

प्रकाशित: ९ वैशाख २०७७ ०३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App