coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

लकडाउन छल्न प्रबिधिको प्रयोग गर्दै पढाई

ट्युसन पढाईको रेकर्डमा शिक्षक । तस्बिर : दिनेश/नागरिक

रोल्पा- एसईई तयारीमा रहेका विद्यार्थीलाई लक्षित गर्दै रोल्पाका केहि युवाहरुले दूर शिक्षा कार्यक्रम सुरु गरेका छन्। कोरोना भाइरसको महामारीका कारण लकडाउनको अवधि थपिँदै गएपछि रोल्पाका युवाहरुको अगुवाईमा यस्तो कार्यक्रमको सुरुवात गरिएको हो। उनीहरुले विज्ञ शिक्षकको सहयोगमा कक्षा तयार गरि रेडियो र युट्युबबाट प्रशारणको तयारी गरिरहेका हुन।

सत्प्रयास मिडिया गु्रपको कोशिस अभियानमा रहेका युवाहरुको तयारीमा उक्त कक्षा तयारी र संचालन गरिनेछ। अंग्रेजी, गणित र विज्ञान विषयमा उक्त कक्षा संचालन गर्न थालिएको युवाहरुले जनाएका छन्। १५ दिनको शैक्षिक प्याकेज बनाएर रेडियो र युट्युब च्यानलबाट प्रशारण गर्ने तयारी गरिरहेको हो। जसका लागि बिज्ञान विषय लेखमणि खड्का, अंग्रेजी विषय कृष्ण डागि र गणित विषयको ओम खत्रीले कार्यक्रम तयार पारिरहेका छन्।

‘जिल्लाका ७ वटा एफएम रेडियो र सत्प्रयास गु्रपको युट्युब च्यानलबाट समेत हेर्न सक्ने गरी शैक्षिक सामग्री रेकर्डिङ गरिरहेका छौं।’ अभियन्ता कुलबहादुर डागिले भने ‘अबको एक दुई दिनभित्रै प्रशारण गर्ने छौं।’ कक्षा संचालनका लागि अंग्रेजी, गणित र विज्ञान शिक्षकहरुले स्वयंसेवी ढंगले सहयोग गरिरहेका छन्।

शैक्षिक कार्यक्रम उत्पादन र प्रशारण हुन थालेको जानकारी पाए पछि विद्यार्थी र अभिभावकहरु खुसी छन्। पठनपाठन करिब करिब ठप्प जस्तै भईरहेको समयमा प्राबिधिको प्रयोग गर्दै पढाई सुरु हुने भएपछि जिल्लामा उत्साह थपिएको छ। सकारात्मक प्रभाब पर्ने भन्दै स्थानीय रुपमा कार्यक्रमको प्रशंसा गरिएको छ। लकडाउनको अवधि लम्बिदै जाँदा विद्यार्थीहरुमा पढाईको निरन्तरता नभएको भन्दै कार्यक्रम संचालन गर्न थालिएको हो।

रोल्पाली क्रियाशिल पत्रकारसहित अन्य क्षेत्रका विज्ञ युवाहरुको सकृयतामा सत्प्रयास मिडिया समूह स्थापना गरिएको थियो।
 

प्रकाशित: २९ चैत्र २०७६ ०९:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App