८ वैशाख २०८१ शनिबार
शिक्षा

कक्षा १ देखि १२ सम्म योग शिक्षा अनिवार्य

काठमाडौँ – आउँदो शैक्षिक सत्रदेखि कक्षा १ देखि १२ सम्म योग शिक्षा सुरु हुने भएको छ। आगामी शैक्षिकसत्रदेखि पाठ्यक्रम विकास केन्द्रले स्वाथ्य जीवनशैलीका लागि योग शिक्षा सुरु गर्ने भएको हो।

सरकारले विसं २०५० सालदेखि विद्यालयस्तरमा योग शिक्षा अनिवार्य गर्ने भने पनि कार्यान्वयनमा आउन भने सकेको थिएन। केन्द्रले कक्षा १ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई अनिवार्य योग शिक्षा पढाउने भएको हो। उसो त पाठ्यक्रम गएको वर्षबाट लागु गर्ने भनिए पनि पाठ्यपुस्तककै रुपमा प्रकाशित गर्नुपर्ने भएकाले आगामी शैक्षिकसत्रबाट पढाइ सुरु हुने भएको हो।

त्यसैगरी पाठ्यक्रमसँगै कक्षा १ देखि १२ सम्मका विद्यार्थीले अभ्यास गर्न सक्ने योगाशन समेत समावेश गरिने केन्द्रका सूचना अधिकारी गणेश भट्टराईले जानकारी दिए।शिक्षा मन्त्रालयले गठन गरेको योग प्राकृतिक चिकित्सा आयुर्वेद र अन्य वैकल्पिक चिकित्साको विद्यालय स्तरीय पाठ्यक्रम निर्माण समितिका अनुसार कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि योगसम्बन्धी सामान्य परिचयात्मक विषयबस्तु, कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका लागि पाढ्यक्रम बनाएर योग, प्राकृतिक चिकित्सा तथा आयुर्वेद गरी तीनवटा विषय पढ्न पाउने गरी सहमति भएको जनाइएको छ।

यही विषयमा दक्ष जनशक्ति तयार गर्नका लागि वायो विषय लिएर १२ कक्षा पास गरेका विद्यार्थीका लागि साढे पाँच वर्षको ब्याचलर अफ न्यूरोपेथी एण्ड योगा साइन्स (विएनवाइएस) को कोर्ष निर्माणगरी नेपाल संस्कृत विश्वविद्यालयबाट स्वीकृतिसमेत लिएको पोखरेलले बताए। मन्त्रालयले गठन गरेको विषेश समितिमा पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक, सिटिइभिटीका महानिर्देशक, वनस्पति विभागका महानिर्देशक, आयुर्वेद चिकित्सा संघका अध्यक्षलगायतका व्यक्तिहरु संलग्न छन्।

यसअघि त्रिभूवन विश्वविद्यालयले यो वर्षदेखि योग शिक्षाको पढाइ सुरु गरेको थियो। विश्वविद्यालयले ६० जना विद्यार्थीबाट योगको पढाइ थालेको हो। तर यो वर्ष त्रिविमा सुरु भएको योग शिक्षा अर्थात योगा साइन्स (पिजिटिवाइएस) मा पोष्ट ग्राज्युट सुरु भएसँगै यो क्षेत्रमा केही हुन्छ भन्ने आशा धेरैले गरेका थिए।

प्रकाशित: २९ पुस २०७६ ०८:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App