७ वैशाख २०८१ शुक्रबार
शिक्षा

रचनात्मक क्षमता विकास गर्न ए लेभल

एसइई पास गरेपछि कक्षा ११ र १२ पढ्ने कि ए लेभल वा प्राविधिक शिक्षा भन्नेबारे विगत केही वर्षयता विद्यार्थी, अभिभावक अन्योलमा पर्ने गरेका छन् । विद्यालयले पनि उचित परामर्श दिन नसकेको देखिन्छ । बढ्दो प्रविधि सँगसँगै आफ्ना बालबालिकालाई सक्षम भएको हेर्न चाहन्छन् अभिभावक । सबै कुरामा टाठो होस् भन्ने चाहन्छन् उनीहरू ।

कुनै पनि विषय पढ्नुभन्दा पहिला केका लागि पढिरहेको छु भन्ने सोच्नुपर्ने शिक्षकहरू बताउँछन् । यो कुरालाई विशेष मध्यनजर राख्नुपर्ने उनीहरूको मत छ । नेपाली विद्यार्थीहरू चाहिँ सर्टिफिकेटका लागि मात्र पढेको जस्तो देखिन्छ । प्रमाणपत्र देखाउनमात्र पढ्ने होइन, आफ्नो भविष्य कसरी ‘सेल्फ डिपेन्डेन्ट’ गर्ने उद्देश्य लिएर विषय छनोट गर्नुपर्छ । शिक्षा प्रणाली अथवा प्रविधिका कुरा पढिसकेपछि म भविष्यमा आफैं केही रचनात्मक काम गर्न सक्छु भन्ने विद्यार्थीमा हुनुपर्छ । विद्यार्थीले पढ्दा मैले केही गर्नुपर्छ भन्ने भावनाले पढ्नुपर्ने शिक्षकहरू बताउँछन् ।

पहिला विदेश जानैका लागि मात्र ए लेभल पढ्ने गरिन्थ्यो तर अहिले त्यस्तो छैन ।  यसले विद्यार्थीलाई प्रतिस्पर्धी क्षमता विकास गर्छ ।’

अहिलेको अवस्थाअनुसार घोकन्ते शिक्षालाई विस्थापित गर्दै व्यावहारिक र सीपमूलक शिक्षा नै विद्यार्थीका लागि आवश्यक भएको बूढानीलकण्ठ विद्यालयका प्रिन्सिपल होमनाथ आर्चायले बताए । ए लेभलमा पाठ्यक्रमबाहेक अन्य क्रियाकलाप जस्तै सामाजिक, खेलकुद, सांस्कृतिक गतिविधि, कलाको प्रदर्शनलगायतका कुरा पनि सिकाइन्छ,’ आर्चायले भने, ‘विद्यार्थी आफंैले खाजेर पढ्ने र सिक्ने गर्छन् जसले उनीहरूको शैक्षिक विकास हुन्छ ।’ उनका अनुसार बुझेर पढ्ने बानीको विकास गर्न ए लेभलले सहयोग गर्छ । चाहिने विषयबस्तु मात्र पढाइन्छ जसले उनीहरूको बौद्धिक विकास गर्छ ।

पहिला विदेश जानैका लागि मात्र ए  लेभ ल पढ्ने गरिन्थ्यो तर अहिले त्यस्तो छैन । कक्षा १२ सम्म माध्यमिक शिक्षा बनाएपछि ए लेभल पढ्नेको संख्या घटेको अनुमान गरिएको छ । ए लेभल पढेका ६० देखि ७० प्रतिशत विद्यार्थी विदेशमा रहेको र बाँकी एमबिबिएस, इन्जिनियरिङ, बिबिएलगायतका विषय अध्ययनरत भएको आर्चायले जानकारी दिए । कोर्स नै अध्ययन अनुसन्धान गर्ने खालको भएकाले विद्यार्थीमा पढ्ने बानी विकास हुन्छ ।

ए लेभल पढेका विद्यार्थीमा कुनै पनि समस्यासँग सिधै जुध्न सक्ने क्षमता विकास हुने गरेको सुजन थापाले बताए । दैलेख घर भएका सुजन विदेश जाने सोच भएकाले ए लेभल भर्ना भएको बताए । यसले पढ्ने बानीको विकास गर्ने र आफैं उत्तर खोजेर पढ्यो भने सम्झिन पनि सजिलो हुने उनको बुझाइ छ । ‘घोकेर पढ्छ् भन्ने हुँदैन्, बुझेर नै पढ्नुपर्छ,’ उनले भने, ‘बुझेर पढ्दा आफैंलाई परीक्षामा सजिलो हुन्छ ।’

विगत दुई दशकका ए लेभलका प्रश्नपत्र नदोहोरिनुले नै घोकेर राम्रो अंक ल्याउन सम्भव नहुने देखाउँछ । यो शिक्षामा लिखित, मौखिक, प्रयोगात्मक र प्रोजेक्ट वर्कका आधारमा विद्यार्थीको मूल्यांकन गरिने हुँदा एकदिने जाँच विधिले भन्दा राम्रो मूल्यांकन हुन्छ । ए लेभल पढ्ने विद्यार्थीको अंग्रेजी राम्रो हुनै पर्ने भए पनि कलेज सञ्चालकहरू त्यसले मात्र विद्यार्थीको रिजल्टमा असर नपार्ने बताउँछन् ।

नेपालमा ए लेभल पढेका विद्यार्थीले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने विज्ञहरू बताउँछन् । विदेशमा पढाइ हुने धेरै विषय अहिले नेपालमा पढाइ हुन थालिसकेका छन् । नेपाली विद्यार्थीले पनि अन्तर्राािष्ट्रय बजारमा प्रतिस्पर्धा गर्न सक्छन् । ‘नेपालमै बसेर विदेशी डिग्री पढ्न पाउने भएर ए लेभल पढेको हुँ,’ मल्पी इन्टरनेसल कलेजका छात्रा आयुषा मिश्राले भनिन्, ‘क्याम्ब्रिज युनिभर्सिटीको डिग्री विश्वभर मान्य छ र यो विश्वको टप विश्वविद्यालयमा पनि पर्छ ।’

नयाँ सिकाइ, नयाँ अनुभव बटुल्न ए लेभल पढेको उनले बताइन् । घोकेर पढेका कुरा धेरै दिनसम्म सम्झिन सकिन्न तर आफैं खोजेर, बुझेर पढे सधैंभरि सम्झिने भएकाले ए लेभल राम्रो भएको उनको बुझाइ छ । ‘कक्षा ११ र १२ मा प्रश्नपत्रहरू सधैं दोहोरिन्छन् । त्यसैले पास हुने वा अंक ल्याउने तरिकाले पढिन्छ,’ उनले भनिन्, ‘तर ए लेभलमा बुझ्ने र सिक्ने गरिन्छ । युरोप, अमेरिका स्नातक गर्न जाने सोच बनाएका विद्यार्थीलाई त्यहाँका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न योग्य बनाउँछ ।’

उनले आफ्नो पनि विदेश गएर मेडिकल फिल्ड पढ्ने इच्छा भएको बताइन् । कक्षा ११ र १२ मा पढ्ने साथीहरूसँगको अन्तरक्रिया र छलफलमा पनि आफूले विद्यार्थीको विकासका लागि ए लेभल राम्रो भएको पाएको बताइन् । ‘घरमै बसेर विदेशी डिग्री हासिल गर्छन्,’ मल्पी इन्टरनेसनल कलेजका शैक्षिक प्रमुख टेकनाथ पौडेल भन्छन्, ‘गुणस्तरीय शिक्षा र प्रत्येक वर्ष अपडेट र परिवर्तन हुने पाठ्यक्रमका कारण विद्यार्थीका लागि उपयुक्त छ ।’ ए लेभलमा अध्ययन भइरहेको सन् २०२१ को पाठ्यक्रम भएको पौडेलले बताए । ‘ए लेभल पढेर विदेश मात्र जाने हो भन्ने सोच छ,’ उनले भने, ‘वास्तवमा त्यस्तो होइन । नेपालकै त्रिभुवन, काठमाडौं, पोखरा र पूर्वाञ्चल विश्वविद्यालयमा समेत पढ्न पाउँछन् ।’

‘विद्यार्थी र शिक्षकको छलफल तथा अन्तरक्रिया गरेर पढाइन्छ,’ मल्पी इन्टरनेसनल कलेजका प्रशासन प्रमुख पूर्णचन्द्र अधिकारीले भने, ‘सम्झिन सक्ने क्षमताको विकास र विश्वभर मान्यता नै यसको प्रमुख विशेषता हो ।’ विदेशमा चलेको विषय ‘इकोनोमेट्रिक्स’समेत पढ्न पाइने अधिकारीले बताए । उनका अनुसार देशको अर्थतन्त्र र व्यापार व्यवसायका लागि आवश्यक पर्छ । ए लेभलको अर्को फाइदा हो, विषय संयोजन । आफूले पढ्न चाहने विषय छान्न पाइन्छ । विज्ञान, अर्थशास्त्र, सामाजिक र कम्प्युटर साइन्सलगायतका विषय दुवै पढ्न पाइन्छ तर कक्षा ११ र १२ मा त्यस्तो सुविधा छैन । विज्ञान पढ्नेले विज्ञान मात्र र अर्थशास्त्र पढ्नेले त्यसैमातहतका विषय मात्र पढ्न पाउँछन् । १ सय ३० देशमा ए लेभल पढाइ हुने उनले बताए । यसले ती देशका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउँछ ।

प्रकाशित: १९ असार २०७६ ०५:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App