१६ चैत्र २०८० शुक्रबार
शिक्षा

'सार्वजनिक शिक्षा सुधार गर्न शिक्षक 'हायर एन्ड फायर'को ब्यवस्था गर्नु पर्छ'

काठमाडौं - सरकारी विद्यालयहरुमा शिक्षक ब्यवस्थापनमा हायर एन्ड फायरको ब्यवस्था कार्यन्वयन गर्न नसक्दा सरकारी स्कुलहरु कमजोर विद्यार्थी थुपार्ने स्थलको रुपमा बन्दै गएको  छ। सरकारले एसइई नतिजामा सुधार ल्याउने उदेश्यले अक्षराँकन प्रणाली यर्कान्वयनमा ल्यायो तर कक्षाकोठामा नपढाउने शिक्षकलाई फायर गर्ने ब्यवस्था लागु गर्न सरकारले आँट गर्नै नसकेको शिक्षाविज्ञहरुको विश्लेषण छ।

राष्ट्रिय परीक्षा बोर्डले हालै प्रकासित गरेको नतिजा हेर्दा ५० प्रतिशत मुनि अंक अर्थात जिपिए  २ मुनि  प्राप्त गर्ने विद्यार्थीहरु सरकारी स्कुलमा थुप्रेका छन्। ९०हजार ४ सय ४५ सरकारी स्कुलका विद्यार्थीले यो स्थान हासिल गरेका छन्। जबकी निजी विद्यालयका ४ हजार ८ सय ६२ मात्र छन्।

सरकारले शिक्षा ऐनमा निजी विद्यालयहरुलाइ १० वर्षभित्र विभिन्न चरणमा ल्याउँदै सेवामुनि शिक्षा बनाउने र राष्ट्रमा समाजवाद शिक्षा प्रणाली कार्यन्वयनमा ल्याउने कोहल्लानै मचायो। अझै पनि शिक्षा ऐनको मस्यौदा कानून मन्त्तालयमा छ।  सरकारले सरकारी शिक्षा सुधार गर्न भन्दा पनि निजीलाई  अंकुश लगाउने तर्फ ध्यान केन्द्रित गरेको देखिन्छ। जबकी निजी विद्यालय संचालकहरुले आधुनिक शिक्षामा संसारमा विक्ने उतकृष्ठा विद्यार्थी उत्पादन गर्न र लगानी उठाउन तर्फ केन्द्रित  देखिनछन्।यसकालागि स्कुलको पठनपाठन चुस्त गनर्सको विकल्पनै नरहेको नोवोल कलेजका संचालक सुरेन्द्र श्रेष्ठको ठहर छ।  

माथिलो ग्रेड अर्थात  जिपिए ४ मुनि ल्याउनेको भिड छ। निजी विद्यालय तर्फबाट ४ जिपिए मुनिका १४ हजार ७ सय ८८ विद्यार्थी छन् भने सरकारीबाट यो समुहमा २ हजार ७ सय ९२ मात्र। यस वर्षको एसइइ परीक्षामा कुल चार लाख  ५९ हजार २ सय ७५ विद्यार्थी सहभागिता जनाएकोमा सरकारी  तर्फबाट तीन लाख २५ हजार ३ सय ३० छन् भने नजिी तर्फका एक लाख ३३ हजार ९ सय ४५। यति मात्र होइन जिपिए ३.६० मुनिका सरकारी विद्यालयबाट ११ हजार २ सय २३ छन् भने निजीबाट ३९ हजार ९ सय १४।

सरकारी स्कुलको शिक्षक ब्यवस्थापन हायर एन्ड फायरमा आधारित नभएकै  कारण सरकारी शिक्षा सुधार गर्न चुनौति थपिएको स्वयं सरकारी कर्मचारीहरुले समेत स्वीकारेका छन्। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेले निजी विद्यालयहरुमा शिक्षक नियुक्ति गर्दानै सशर्त हायर एन्ड फायरको ब्यवस्था हुने भएकोलेनै निजी विद्यालयका कम गुणस्तरको शिक्षकले समेत दिनरात मिहिनेत गरेर कक्षाकोठामा शिक्षण सिकाइ गराउने भएकोले निजीको नतिजा सरकारी भन्दा राम्रो भएको  बताए। ‘माथिाले ग्रेडमा निजी र सरकारी विद्यार्थीको खाडाल निकै ठूलो छ।

जसको मुख्य कारण सरकारी शिक्षामा शिक्षक नियुक्ति गर्दा हायर एन्ड फायरको ब्यवस्था नहुनु ,’अध्यष्क्ष पौडेलले नागरिकसँग भने‘पास फेलको दबाक हटाउन अक्षराँकन पद्धति कार्यन्वयनमा ल्याएको हो। तर शिक्षकले नपढाएनि हुने र विद्यार्थीले नपढेनि हुने भनी बुझेकै कारण सरकारीमा कमजोर र निजीमा राम्रो विद्यार्थी हुन पुगेको मलाई लाग्छ।’ उनले थपे‘यति मात्र होइन विद्यालयमा विभिन्न दलका संघसंगठनको संरक्षण शिक्षकलाई छ। यो विकृति कायम रहेसम्म सरकारी शिक्षा सुधार ठूलो  चुनौति कायमै रहन्छ।’

शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार अक्षराँकन ले नतिजा सुधार गर्ने होइन बरु यसले ठूलो सँख्यामा सरकारी स्कुलमा कमजोर रहेका विद्यार्थीहरुकोलागि स्वत पास हुने ढोका खोलेको हो। ‘विश्वबैंक र एडिभिको दबाबका कारण सरकारले विद्यालय शिक्षामा अक्षराँकन लागु गर्यो तर शिशु कक्षादेखिनै अक्षराँकन प्रणाली अनुसारको कक्षाकोठामा सिकाउने शिक्षक तयार पार्न नसक्नु ठूलो सरकारी कमजोरी हो,’शिक्षाविद् कोइराला भन्छन्‘हाम्रा शिक्षकले निरन्तर मूल्याँकन र उदार कक्षालाई स्वत पास बुझे। त्यही भएर शिक्षकले कक्षामा पढाएनन् र विद्यार्थीले पनि  नपढेनि पास बुझे। त्यही हाम्रो सरकारी शिक्षाको सतर खस्क्यो।’शिक्षाविद् कोइरालाले सरकारले शिक्षामा गरेको लगानीको समेत उच्चतम प्रयोग गर्न नसकेको औल्याए। उनले कमजोर विद्यार्थीकोलागि सरकारले सिपमुलक शिक्षाको ब्यवस्थापन गरि ब्यवस्थापन गर्न सक्नु पर्ने सुझाए।

अर्का शिक्षाविद् महेशनाथ पराजुलीका अनुसार निजीमा थोरै पैसामा उत्कृष्ट नतिजा दिन सक्ने तर सरकारीमा धेरै सेवासुविधा बुझने शिक्षकले किन नतिजा सुधार गर्न नसकेको यसबारे सरकारको तर्फबाटै अनुसन्धान हुनु पर्ने सुझाए।
 ‘सरकारी शिक्षा अनेकन छलछाम हुन्छ। जस्तै  शिक्षकले नपढाए नि राजनिति आडमा जागिर सुरक्षित हुनु, प्रावि तहको शिक्षकले माविलाई पढाउनु, सरकारले विषयगत शिक्षक नदिनु , दुर्गमका विद्यालयमा प्रयाप्त शिक्षक हुदैन,’शिक्षाविद् पराजुलिले नागरिकसँग भने‘तर निजीले लगनी उठाउन भए पनि थोरै पैसा तिरेर शिक्षकसँग काम लगाउन गरेको छ। अर्थात लगानीको प्रतिफल लिन जुनसुकै अवस्थामा पनि जान सक्ने हुन्छन्।’ त्यही भएर सरकारले शिक्षकलाई पुरानै तरिकाबाट तालिम दिने बन्द गर्नु पर्ने उनको बुझाई छ। अब अक्षराँकन पद्धति अनुसनर तालिम दिनु पर्छ।

उता निजी विद्यालय संचालकहरुले आफुहरुले स्तरीय शिक्षा दिएकै कारण निजीको नतिजा उत्कृष्ट भएको दाबी गरीरहेका छन्। बानेश्वरमा रहेको नोवेल एकेडमीका ४ विद्यार्थीले यस वर्ष ४ जिपिए प्राप्त गरेका छन्।

‘निजीको एउटै सोच हुन्छ उत्कृष्ट , आधुनिक र विश्वबजारमा विक्न सक्ने जनशक्ति उत्पादन गर्ने,’नोवोल एकेडकमीका सुरेन्द्र श्रेष्ठले भने‘तर सरकारी विद्यालयको ब्यवस्थापनको विद्यार्थी पास मात्र गराउने लक्ष्य हुन्छ। त्यही भएर सरकारको बढी लगानी भएको सरकारी विद्यालय सुधार हुन सकेन।’उनले थपे‘जबसम्म सरकारले स्कुलमा शिक्षक नियुक्ति गर्दा हायर एन्ड फायरको ब्यवस्था गर्दैन तब सम्म सरकारी शिक्षा सुधार हुदैन।’

प्रकाशित: १४ असार २०७६ ०१:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App