१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

एसईई नतिजा आज सार्वजनिक हुँदै

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशित गर्ने भएको छ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार सबै तयारी पुरा भएकाले दिउँसो ३ बजे बोर्ड बैठक डाकिएको र ४ बजे पत्रकार सम्मेलन गर्दै नतिजा सार्वजनिक गरिने छ।

बोर्डले गत चैतमा देशभरका १ हजार, ९ सय, ५६ केन्द्रबाट लिएको  एसईईपरीक्षामा ४ लाख, ८५ हजार, ५ सय, ८६ परीक्षार्थी सहभागी भएका थिए। नियमिततर्फ ४ लाख, ६१ हजार, ५ सय, १५ र एक्जाम्टेडतर्फ २४ हजार, ७१ परीक्षार्थीले सहभागिता जनाएका थिए।

प्रकाशित: ९ असार २०७५ ०४:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App