४ वैशाख २०८१ मंगलबार
शिक्षा

तलब नपाएको भन्दै निजीस्रोतका शिक्षकले पढाउन छोडे

बैतडी – तलब नपाएको भन्दै सिगास गाउँपालिकामा कार्यरत निजीस्रोतका शिक्षकले पढाउन छोडेका छन्। वर्षौसम्म सेवासुविधा नपाएको भन्दै आइतबारदेखि पढाउन छोडेर संघर्ष  समिति गठन गर्ने तयारी गरेका छन्।  

वडा कार्यालयले निजीस्रोतका शिक्षकलाई सेवासुविधा दिन नसक्ने बताएपछि पठनपाठन बन्द गरेर आन्दोलनमा उत्रने तयारी गरेको शिक्षकहरुले बताएका छन्। गाउँपालिकाका ५८ विद्यालयमा कार्यरत निजीस्रोतका करिब दुई सय शिक्षकले पढाउन छोडेपछि पठनपाठन प्रभावित भएको बताइएको छ।

सिंहदरबारको अधिकार गाउँगाउँमा आएको भनिए पनि लामोसमयसम्म तलव नपाएर विद्यालयमा कार्यरत शिक्षकहरुलाई स्थानीयतहले उपेक्षा गरेको भन्दै आन्दोलन गर्न थालेको निजीस्रोत शिक्षक सघर्ष समितिका संयोजक ले बताए। यस अघि चन्दा, शिक्षा कार्यालय र स्थानीय निकायले दिने अनुदानबाट थोरै तलबमा काम गर्दै आएका निजीस्रोतका शिक्षकहरु स्थानीयतह भएपछि कुनै सेवासुविधा पाउन नसकेको भन्दै आन्दोलनमा लागेका हुन्।

दुई दिनदेखि पूर्णरुपमा पठनपाठन छोडेर आन्दोलन गर्न थालेको शिक्षक पदमसिंह साउँदले बताए। सोमबार गाउँपालिका कार्यलयलाई दवाव दिन कार्यक्रम राखिएको छ। गाउँपालिकाले बजेट नछुट्टाए सधैको लागि पढाउन छोडने उनीहरुले बताएका छन्।

प्रयाप्त दरबन्दी नहुँदा ग्रामीण क्षेत्रमा निजीस्रोतबाट शिक्षक राख्ने गरिन्छ। ति शिक्षकहरुको लागि शिक्षा शाखाबाट जाने भौतिक निर्माण, अभिभावकहरुले दिने चन्दाबाट तलब दिने गरिएको छ। जिल्लाका धेरै ठाउँका निजीस्रोतका शिक्षकले लामोसमयसम्म तलव खान पाएका छैनन्। स्थानीय सरकारले सुविधा दिने आसमा बसेका शिक्षकहरु कुनै व्यवस्था नगर्दा आन्दोलन गर्न थालेका हुन्।

वडा कार्यालयलाई आफ्ना माग सम्बोधन गर्न आग्रह गर्दा माग सम्बोधन गर्न नसक्ने भनेपछि गाउँपालिकासम्म दवाव सिर्जना गर्न लागेको निजीस्रोत शिक्षक संघर्ष समितिले बताएको छ। निजीस्रोतका शिक्षकहरुले उठाएको मागलाई सम्बोधन गर्न गाउँपालिकाले पहल थाल्ने गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए।

प्रकाशित: ४ असार २०७५ ०५:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App