७ वैशाख २०८१ शुक्रबार
शिक्षा

६ सय ८१ बिद्यार्थीमा ४२ जना पास

रोल्पा – रोल्पामा शिक्षाको अवस्था अत्यास लाग्दो रहेको एक तथ्याङ्ले देखाएको छ। यसपाली त्रिबेणी गाउँपालिकामा रहेका २१ विद्यालय मध्य १० विद्यालयको ८ कक्षाको नतिजा शुन्य रहेको छ।

यहाँका मावि काउलाबोट, द्धारपानी मावि, करेटी मावि, हान्जावाङ मावि, आधारभूत बिद्यालय ह्याङ, आधारभूत विद्यालय जेल्वाङ करेटी, आधारभूत विद्यालय बाजबोट, आधारभूत विद्यालय ढोरेनि, मावि दहबन र झुमलुङ माविमा कक्षा ८ को नतिजा शुन्य रहेको हो। गाउँपालिका भरिका कक्षा ८ का ६ सय ८१ बिद्यार्थीले बार्षिक परिक्षा दिएकोमा ४२ जना मात्र उत्तिर्ण भएका छन्। बाँकि २ सय ९१ बिद्यार्थीलाई नम्बर थपेर सहउत्तिर्ण गराइएको छ।

‘आफ्नो गाउँपालिका भित्रको शैक्षिक स्तर मापन गर्न यसपाली कक्षा ८ को बार्षिक परिक्षा एउटै प्रश्न पत्रमा गराइयो। सबैै बिद्यालयका उत्तर पुस्तीका क्रस गरेर जाँच गरेको यस्तो परिणाम देखियो। कल्पना नगरेको रिजल्ट आयो। हाम्रो शिक्षा साच्चिकै कमजोर छ भन्ने देखियो।’ त्रिबेणी गाउँपालिका प्रमुख शान्त कुमार वलीले भने,’ ‘यो हाम्रो मात्र समस्या होइन, जिल्ला भर यस्तै छ।’

जिल्लाकै राम्रो र उत्कृष्ट मानिएको अरनिको मावि नुवागाउँमा ५० जनाले परिक्षा दिएकोमा ३ जना मात्र उत्तिर्ण भएका छन्। त्यसो त माबि जुगारमा ४० जनाले जाँच दिएकोमा यहाँ पनि ३ जना मात्र उत्तिर्ण भए। मावि दुम्लामा ५४ जनाले परिक्षा दिएकोमा ३ जना, मावि गाङमा ४५ जना रहेकोमा ३, मावि सिम्पानीमा ८१ जना रहेकोमा ५ जनाले परिक्षा उत्तिर्ण गरेका छन्। सबैभन्दा बढी बिद्यार्थी पास गराउन सफल मावि लिङदुङ देखिएको छ। यहाँ ६० बिद्यार्थी मध्य ७ जना उत्तिर्ण भएका हुन्।

त्रिबेणी गाउँपालिकाका शिक्षा श्रोत व्यक्ति रेगम जिसिल यर्थात पढाई मापन गर्न यसो गरिएको बताए। उनले रिजल्ट एकदमै निरासा जनक आएको भन्दै चिन्ता व्यक्त गरे। शिक्षाको गुणस्तर बृद्धिका लागि अबिभाबक, बिद्यार्थी र शिक्षक सबै जागरुक हुनुपर्ने उनले बताए।

उता जिल्लामै राम्रो र स्तरिय विद्यालय भनेर चिनिएको जनजागृति मावि जुगारमा ४० बिद्यार्थीले परिक्षा दिएकोमा ३ जना मात्र उत्तिर्ण भए पछि सबै निरास बनेका छन्। ‘यहाँ त शिक्षक पनि प्रशस्तै छन्। शैक्षिक बातावरण पनि छ तर रिजल्ट बिग्रीयो।’ विद्यालयका प्रधानाध्यापक खिम प्रकास पुरीले भने,’ ‘हाम्रो नै कमजोरी हो। शिक्षक ड्युटि फुल नहुँदा यसो भएको हो। अबिभावकले पनि चासो नदिने। बिद्यार्थीलाई पढाईमा ध्यान नै छैन।’ आउदो शैक्षिक सत्रबाट पठनपाठन सुधार हुँने उनले बताए।

अहिलेसम्म जिल्ला भर शिक्षाको जिम्मा पाएको जिल्ला शिक्षा कार्यालय भने गत शैक्षिक सत्रको पठनपाठनका बिषयमा अनभिज्ञ रहेको छ। जिल्ला शिक्षा अधिकारी कल्पना घिमिरेल सबै काम गाउँपालिकाले गरिरहेको बताउँदै आफुलाई केहि थाहा नभएको प्रतिकृया दिइन्।

प्रकाशित: १६ वैशाख २०७५ ०४:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App