७ वैशाख २०८१ शुक्रबार
शिक्षा

शारदा विश्वविद्यालयद्वारा नेपाली विद्यार्थीलाई रोजगारीको लागि पहल

काठमाडौं– भारतको ग्रेटर नोयडामा रहेको शारदा विश्वविद्यालयको नेपालको लागि क्षेत्रीय कार्यालयले दोस्रो अभिभावक तथा एलुमुनाई भेला सम्पन्न गरेको छ।

काठमाडौंको बानेश्वरमा रहेको क्षेत्रीय कार्यालय अल्फाविटामा सम्पन्न भएको भेलामा विश्वविद्यालयमा अध्ययन गर्ने नेपाली विद्यार्थीका अभिभावकहरुको ठूलो भेलामा विश्वविद्यालयका पदाधिकारी र अभिभावकबीच विद्यार्थीको पठनपाठन तथा करियरका विषमा छलफल भएको थियो।

शारदा विश्वविद्यालयका कुलपति पिके गुप्ताले नेपाली विद्यार्थीहरुको उच्च शिक्षापछिको करियरको लागि करियर र रोजगारीको लागि नेपालमा  विश्वविद्यालयको सेल खडा गरेको घोषणा गर्दै शारदा विश्वविद्यालयको शारदा अस्पतालमा नेपाली परिवारको लागि विशेष स्वास्थ्य सेवाको सुविधा दिने घोषणा समेत गरे।

कार्यक्रममा संघिय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डित र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति उपेन्द्र कोइरालाको उपस्थित थियो।

प्रकाशित: २७ चैत्र २०७४ १२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App