८ वैशाख २०८१ शनिबार
शिक्षा

अागामी शत्र देखि दश वटा सरकारी आंगीक क्याम्पस

 


निर्मल घिमिरे
बर्दिया –त्रिविवाट सम्बन्धन पाएका  दश वटा क्याम्पसलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सरकारी आंगीक क्याम्पसको मान्यता दिन अन्तिम चरणको काम थालेको छ ।

 मध्यपश्चिमाञ्चल  विश्वविद्यालयका पदाधिकारीले पटक पटक सम्भाव्यता अध्यन गरेर दश वटा क्याम्पसलाई आंगीक क्याम्पसका मान्यता दिन बढाएको कानुनी प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अगामी सत्रदेखि बबई बहुमुखी क्याम्पस,गुलरिया,बर्दिया, नारायण क्याम्पस,दैलेख,तिला कर्णाली वहुमुखी,कालिकोट, रारा क्याम्पस,मुगु,भेरीज्ञानोदय,जाजरकोट,मुसीकोट बहुमुखी क्याम्पस,रुकुम, जलजला बहुमुखी,रोल्पा, बागेश्वरी बहुमुखी,कोहलपुर,बाँके, जनता वहुमुखी,सुर्खेत, र भेरी शिक्षा वहुमुखी क्याम्पस,सुर्खेतले मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आंगीक क्याम्पसको मान्यता दिँदैछ ।

 दक्ष जनशक्ति उत्पादन र रोजगार उन्मुख विषय अध्यापन गराउने लक्ष्यले १० वटा वहुमुखी क्याम्पसलाई आंगीक क्याम्पसको मान्यता दिन चार वर्ष अघि देखि प्रक्रिया अघि बढेको थियो । विश्वविद्यालयले आंंगिक क्याम्पस माान्यता दिने क्याम्पसलाई प्राबिधिक शिक्षामा जोड दिन अनिवार्य शर्त राखेको छ ।

विश्वविद्यालय आंगीक क्याम्पसको सम्बन्धन दिन थालेको क्याम्पसमा अगामी शत्र देखि कृषि,पर्यटन,मेडिकल,हाईड्रो,होटल म्यानेजमेन्ट,वन विज्ञान,जडिबुटि अध्ययन लगायत विषयमा अध्यापन अनिवार्य गरेको छ । सरकारी आंगीक क्याम्पसको प्रक्रिया अघि बढेको बर्दियाको बबई बहुमुखी क्याम्पसलाई कृषि र पर्यटनमा आधारित देशकै उत्कृष्ट प्राविधिक क्याम्पसको रुपमा अगाडि बढाउन आवश्यक कानुनी प्रक्रिया अघि बढेको उपकुलपति डा.उपेन्द्र कोईरालाले बताए ।

मध्यपश्चिमाञ्चल विश्वबिद्यालय र आंगीक क्याम्पस कार्यान्वयनको सन्दर्भमा गुलरिया आयोजित अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति कोइरालाले रोजगारमुलक तथा प्राविधिक शिक्षा वर्तमानको आवश्यकता रहेको बताए । मध्यपश्चिमाञ्चल विश्वबिद्यालयले बबई बहुमुखी क्याम्पस लगायत मध्यपश्चिमाञ्चल विश्वविद्यालयवाट सम्बन्धन पाएका क्याम्पसले  त्यस्ता कार्यक्रम संचालन गर्न पुरा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

रोजगारमुलक प्राविधिक शिक्षा बर्तमानको आवश्यकता रहेकोले सरकारले पनि त्यस्ता क्याम्पस तथा कार्यक्रमलाई आफनो प्राथमिकतामा राखेको छ,’ उनले भने,‘स्थानीय तह र संघसंस्थाहरुले पनि शिक्षा क्षेत्रमा लगानी बढाए मात्र मुलुकमा दक्ष युवा उत्पादन भई राष्ट्रले समृद्धि हासिल गर्न सक्छ ।’ अगामी शैक्षिक शस्त्र सम्म बबई बहुमखी क्याम्पस लगायत अन्य ९ वटा क्याम्पस मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आगींक क्याम्पस भई कार्यान्वयनको चरणमा रहेको विश्वविद्यालयका रजिष्टार डा.महेन्द्रकुमार मल्लले जानकारी दिए ।

१० वटा क्याम्पस आगामी शैक्षिक शत्र देखि आंगीक क्याम्पसको कार्यान्वयनको चरणमा रहेको रजिष्टार मल्लले बताए । भदौदेखि सेमेष्टर प्रणालीमा आधारित कृषि ,पर्यटन लगायतका प्राविधिक शिक्षाका कार्यक्रमहरु संचालन गर्ने विश्वविद्यालय अगाडि बढि सकेको उल्लेख गर्दे आवश्यक बजेट पनि सरकारबाट निकासा भईसकेकोे जानकारी दिए । उनका अनुसार आंगीक क्याम्पसको प्रस्ताव मन्त्री परिषदवाट स्वीकृत भईसकेको र त्रिविकको सम्बन्धन खारेज र हस्तान्तरणको प्रक्रियालाई विश्वविद्यालयले अघि बढाएको छ ।  बबई बहुमुखी क्याम्पसका प्रमुख विनोद अग्रवालले विश्वविद्यालयसँग जोडिए यस क्षेत्रका विपन्न विद्यार्थी लाभान्वित हुने धारणा राखे ।

प्रकाशित: १८ पुस २०७४ १०:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App